काठमाडौं । अन्तर्राष्ट्रिय दिवसको अवसरमा पारिवारिक रेमिट्यान्स सम्बन्धी एकदिने कार्यशाला गोष्ठी काठमाडौंमा सम्पन्न भएको छ । नेपाल मुद्रा विप्रेषक संघको आयोजना र नेपाल राष्ट्र बैंकको सहकार्यमा गोष्ठी भएको हो ।
नेपाल मुद्रा विप्रेषक संघका अध्यक्ष चन्द्र टण्डनको अध्यक्षतामा भएको गोष्ठिको प्रमुख अतिथी नेपाल राष्ट्र बैंकका कार्यबाहक गभर्नर डा. निलम ढुङ्गाना तिम्सिना रहेका हुन् । प्रमुख अतिथी तिम्सिनाले बैधानिक तबरले रेमिट्यान्स भि¥याउन र रेमिट्यान्सलाई डिजिटाईज्डतर्फ अगाडि लैजान सबैले पहल गनुपर्ने र रेमिट्न्ससँग सब्बन्धित विषयमा नेपाल राष्ट्र बैंक नेपाल मुद्रा विप्रेषक संघसँग मिलेर सहकार्य गर्न सदैव तयार रहेको पनि बताए ।
रेमिट्यान्स कम्पनी र रेमिट्यान्सको काम गर्ने बैंक तथा वित्तिय संस्थासमेतको सहभागितामा आयोजना गरिएको कार्यक्रममा रेमिट्यान्स क्षेत्रसंग सम्वन्धित विविध विषयलाई समेटेर कार्यपत्र प्रस्तुत गरिएको छ । नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरे र नेपाल राष्ट्र बैंक, गैर—बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रामबहादुर मानन्धरले रेमिट्यान्सको समसामयिक विषयमा रहेर आफ्ना भनाइ राखेका छन् ।
यसैक्रममा नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरेले प्रतिस्पर्धी संस्थाहरु एकआपसमा स्वस्थ प्रतिस्पर्धा गरी आफ्ना क्रियाकलाप गर्नुपर्ने, समयमै अनुमतिपत्र नविकरण गराएर आफ्नो कारोबार नियमिततापूर्वक गर्नुपर्ने, रेमिट्यान्स क्षेत्रको विकास र सहजताका लागि नियामक निकायका हैसियतबाट नेपाल राष्ट्र बैंकको निति निर्देशनको परिधिभित्र रहेर सहयोग गर्न नेपाल राष्ट्र बैंक सदैव तयार रहेको बताए । नेपाल राष्ट्र बैंक, गैर—बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रामबहादुर मानन्धरले नेपाल राष्ट्र बैंकले निर्दिष्ट गरेका नियमकानुन र सर्कुलरको परिधिभित्र रहेर काम गर्न सुझाव दिएका छन् ।
नेपाल मुद्रा विप्रेषक संघका अध्यक्ष चन्द्र टण्डनले रेमिट्यान्स कम्पनी र रेमिट्यान्सको काम गर्ने बैंक तथा वित्तीय संस्थाले स्वस्थ प्रतिस्पर्धा गर्नसके रेमिट्यान्समा बृद्धी हुन गई विदेशी मुद्रा सञ्चितीमा बढोत्तरी हुने, रेमिट्यान्स कम्पनी र रेमिट्यान्सको काम गर्ने बैंक तथा वित्तीय संस्थाको आम्दानीमा बृद्धि हुन गर्ई राजश्व योगदानमा समेत उल्लेखनीय बृद्धि हुने भन्दै यसतर्फ सबैको ध्यान जान आवश्यक रहेको जानकारी गराएका छन् ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष सुमन पोखरेलले रेमिट्यान्सको वर्तमान अवस्था, रेमिट्यान्स कम्पनी र नियामक निकायबाट सुधार गर्नुपर्नेमाथि प्रकाश पारेका छन् । उपाध्यक्ष रितेश मित्तल तथा महासचिव सञ्जय सिग्देलले समसामयिक विषयमा आफ्ना भनाइ राखेका छन् ।
Comments are closed.