महायज्ञमा राना परिवारद्वारा ३१ लाख दान

रामपुर (पाल्पा) । शहीद बहुमुखी क्याम्पस रामपुर, पाल्पामा जारी महायज्ञमा एक परिवारले ३१ लाख रुपैयाँ दान सहयोग गरेका छन् । महायज्ञमा रामपुर नगरपालिका–७ छाहारापानी निबासी मानबहादुर राना र रामकुमारी रानाले ३१ लाख रुपैयाँ दान प्रदान गरेका हुन् ।

शहीद क्याम्पसमा संकाय थप, सिपमूलक शिक्षा सञ्चालन र टाढा बाट आउने विद्यार्थीको लागि छात्राबासको स्थापना गर्ने उद्देश्यले शहीद बहुमुखी क्याम्पस रामपुरमा गत पुस १६ देखि जारी सञ्चालन भएको धनधान्याञ्चल श्रीमद् भागवत् ज्ञान महायज्ञ एवं धार्मिक महोत्सवमा आइतबार रकम दान गरेका छन् ।

युवा नेता एवं समाजसेवी सन्दिप राना र भक्तबहादुर रानाको बुवा र आमाले छात्राबास निर्माणका लागि २१ लाख र विद्यार्थी कल्याणकारी कोषको लागि १० लाख गरी ३१ लाख रुपैयाँ प्रदान गरिएको हो । दानदाताहरुलाई वाचन प्रविण पण्डित दिनबन्धु पोखरेल र सभानायक मोहनप्रसाद भट्टराईले सम्मान गरेका हुन् । महायज्ञमा आइतबार हजारौं श्रद्धालुभक्तजनहरुको सहभागीता रहेको थियो ।

lcci
You might also like

Comments are closed.