शेयर बजारमा हरियाली, ६ अर्ब ३० करोडभन्दा बढीको कारोबार

काठमाडौं । शेयर बजारमा आज हरियाली छाएको छ । नेपाल स्कट एक्सचेञ्ज (नेप्से) परिसूचक १ दशमलव ८९ प्रतिशत अर्थात् ४९ दशमलव १२ अङ्कले बढेर २ हजार ६४० दशमलव ६८ विन्दुमा पुगेको छ ।

विभिन्न १२ कम्पनीका १ करोड ५४ लाख ६१ हजार २६४ कित्ता शेयर ७५ हजार ५४० पटक कारोबार हुँदा रु ६ अर्ब ३० करोड ५४ लाख ३१ हजार ८८५ मा कारोबार भएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार आजको कारोबारपछि २२६ वटा कम्पनीको शेयर मूल्य बढ्दा १२ वटा कम्पनीको शेयर मूल्य ओरालो लागेको छ । साथै, ४ वटा कम्पनीको शेयर मूल्य स्थिर छ ।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ९ दशमलव ७० प्रतिशत, साहास ऊजा लिमिटेडको शेयर मूल्य ८ दशमलव ७० प्रतिशत, माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य ८ दशमलव ५९ प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।

त्यसैगरी उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

 

lcci
You might also like

Comments are closed.