काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से ६ दशमलव १६ अङ्कले बढेर २ हजार ६४६ दशमलव ८४ बिन्दुमा कायम भएको हो ।
आज ३०५ कम्पनीको १ करोड २० लाख ८१ हजार ६०६ कित्ता शेयर ६६ हजार ६२६ पटक खरिदबिक्री हुँदा रू ५ अर्ब ३८ करोड ४६ लाख ७२ हजार २९५ बराबरको कारोबार भएको छ । आजको कारोबारमा बैंकिङ समूह ० दशमलव २७, होटल तथा पर्यटन ० दशमलव ०४, उत्पादन तथा प्रशोधन ० दशमलव २५ र अन्य समूह ० दशमलव १८ प्रतिशतले घटेको छ ।
लगानी समूहको उपसूचक स्थिर देखिँदा अरु समूहका उपसूचक भने बढेका छन् । सबैभन्दा धेरै वित्त समूह २ दशमलव ६५ प्रतिशतले बढेको छ । विकास बैंक ० दशमलव ८०, जलविद्युत् ० दशमलव ४२, जीवन बीमा ० दशमलव ६७, लघुवित्त ० दशमलव ४४, म्युचुअल फन्ड ० दशमलव ३५, निर्जीवन बीमा ० दशमलव ४२ र व्यापार समूह ० दशमलव ५९ प्रतिशतले बढेको छ ।
सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड र ङादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Comments are closed.