सुदुरपश्चिममा मोटरस्पोर्टस् हुँदै

सुदुरपश्चिम । सुदुरपश्चिम प्रदेश अटोमोबाइल एसोसिएसनको आयोजनामा धनगढी अटोर्याली र अटोक्रस आगामी फागुन १६ र १७ मा हुने भएको छ । मंगलवार धनगढीमा प्रेसमिटमा ‘धनगढी अटोर्याली र अटोक्रस’ को घोषणा गर्दै सुदुरपश्चिम प्रदेश अटोमोबाइल एसोसिएसनका अध्यक्ष पुस्करराज ओझाले थ्रिल, एड्भेन्चर र प्यासनकोे संगम मोटरस्पोर्टस्लाई सुदुरपश्चिममा यस कार्यक्रमबाट सुरुवात गरिएको बताएका छन् ।

प्रेसमिटमा सुदुरपश्चिम खेलकुद परिषदका सदस्य सचिव दिपकबहादुर सिंहले युवाहरुमा लोकप्रिय बन्दै गएको मोटरस्पोर्टस्ले सुदुरसश्चिममा पनि नयाँ तरङ्ग ल्याउने आशा व्यक्त गर्दै प्रदेश खेलकुद परिषद्ले आवश्यक सहयोग गर्ने बताएका छन् । पे्रसमिटमा बताइएअनुसार धनगढीबाट शुरू गरिने अटो¥यालीमा न्युनतम ५० वटा कार र जीप सहभागी हुनेछन् जसले समय, दुरी र गतिको सन्तुलन मिलाउँदै आयोजकले तोकेको रुटमा पर्शुराम धामसम्म टिए.एस.डी फ्म्र्याटको ¥यालीमा सहभागी हुनेछन् ।

प्रत्येक गाडीमा ड्राइभर र न्याभिगेटर गरी २ जनाको टीम रहेकामा टिम दर्ता शुल्क जम्मा ५ हजार तोकिएको छ । जसको विजयीले क्रमशः नगद रु ८१ हजार, २७ हजार र ९ हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सबै सहभागीलाई प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै चाँदनी दोधारा पुल क्षेत्रमा अटोक्रसको आयोजना गरिनेछ, जसमा अटो¥यालीका सहभागीबाट २० ड्राईभरले अवसर पाउनेछन् ।

संसारकै सुन्दर पुलको वरिपरि हुने सो इभेन्टका विजेतालाई अन्तर्राष्ट्रिय सहभागिताको अवसर तथा शिल्ड र सर्टिफिकेट पाउनेछन् । इभेन्टमा मेकानिकल, मेडिकल, मिडिया र तालिम प्राप्त मार्शलको व्यवस्था गरिएको पनि अयोजकले जनाए । जुनसुकै क्षमता र डिजायनका निजी कार र जीपलाई अटो¥यालीमा समावेश गराइनेछ भने अटोक्रसमा १ हजारदेखि १६ सय सिसी सम्मका कार मात्र सहभागी हुनेछन् । नेपाल अटोमोबाइल्स एसोसिएसनको गाइडलाइन अनुसार हुने दक्ष प्राविधिक र मार्शलका सुपरिवेक्षणमा सञ्चालन हुने संघका तालिम तथा मार्शल कमिसनका सचिव आशिष रौनियारले बताए ।

सुदुरपश्चिम खेलकुद परिषदका मुख्य सहयोग रहेको सो इभेन्टमा पर्शुराम भान नगरपालिका, स्थानीय उद्योग वाणिज्य संघहरु, अटोमोवाइल व्यवसायी संस्था लगायतक संघसंस्थाको सहयोग हुनेछ । प्रेसमिटमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प कुवँर, संघका तालिम तथा मार्शल कमिसनका प्रमोद श्रेष्ठ, सचिव सुमन सैजु लगायतले आफ्नो धारणा राखेका छन् ।

lcci
You might also like

Comments are closed.