नमस्ते साकोसको १४ औँ साधारण सभा सम्पन्न

पोखरा । नमस्ते बचत तथा ऋण सहकारी संस्था पोखराको १४औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष धर्मराज अर्यालको अध्यक्षतामा साधारण सभा भएको हो ।

सभाको अवसरमा प्रमुख अथिति पोखरामहानगर सहकारी समितिका अध्यक्ष रविरमण तिवारी, संस्थाका सल्लाहकार युक्तबहादुर सुबेदी र विष्णुप्रसाद अधिकारीले बोल्दै सहकारीको नीति र विधान अनुसार संस्था चल्नुपर्ने र सदस्यको हितमा रहेर काम गर्न सुझाव दिएका छन् ।

सम्मानित व्यक्ति बिष्णुबहादुर अधिकारी क्षेत्री लगायत कार्यक्रममा सहभागी थिए । गोल्डेन हाउस पार्टी प्यालेसमा भएको कार्यक्रमको सञ्चालक दधिराम दाहालले गरेका हुन् ।

 

lcci
You might also like

Comments are closed.