साना किसानले १४ प्रतिशत बोनस शेयर प्रदान गर्ने

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले १४ प्रतिशत बोनस शेयर प्रदान गर्ने भएको छ ।
संस्थाको २३ औँ वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष खेमबहादुर पाठकले प्रस्ताव गरेको १३ दशमलव ३ प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद लाभांश ० दशमलव ७ प्रतिशत गरी १४ प्रतिशत बोनस शेयस प्रदान गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ ।

संस्थाले आर्थिक वर्ष २०७९/८० मा रु. ७७ करोड ३५ लाख खुद मुनाफा रहेकोमा आ.व वर्ष २०८०/८१ मा १९.१८ प्रतिशतले वृद्धि भई नाफा रु. ९२ करोड १९ लाख पुगेको छ । यसैगरी आ.व २०७९/८० मा कुल सञ्चालन आम्दानी रु.१ अर्ब ६६ करोड ९५ लाख रहेकोमा आ.व. २०८०/८१ मा ३१ प्रतिशतले वृद्धि भई रु.२ अर्ब १९ करोड ४१ लाख पुगेको छ ।

यस वित्तीय संस्थाको देशका ७७ जिल्लाका ५४६ स्थानीय तहहरुमा जम्मा १६९२ साझेदार संस्था आवद्ध रहेका छन् । १२ लाख ३३ हजार ६८४ परिवारलाई लघुवित्त सेवा पु¥याउन सफल यस संस्थामा दलित १२ प्रतिशत, जनजाति ३४ प्रतिशत र अन्यको ५४ प्रतिशत रहेकोमा महिला सहभागिता ८० प्रतिशत रहेको छ ।

 

lcci
You might also like

Comments are closed.