काठमाडौं । विश्वको अग्रणी अर्बन एयर मोबिलिटी टेक्नोलोजी प्लेटफर्म कम्पनी ईहांग होल्डिंग्स लिमिटेडले सरकारी स्वामित्वमा रहेको एवम् दोस्रो ठूलो चिनियाँ अटोमेकर चोङकिङ चांगान अटोमोबाइल कम्पनी लिमिटेड (चांगान अटोमोबाइल) सँग रणनीतिक सहयोग सम्झौताको घोषणा गरेको छ ।
चोङकिङ नगरपालिका सरकार र उद्योगका प्रतिनिधिको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको छ । यो सहकार्य विद्युतीय भर्टिकल टेकअफ र ल्यान्डिङ विमान र नवीन हवाई कारसहित फ्लाइंग कारका उत्पादनको अनुसन्धान र विकास, निर्माण, बिक्री र सञ्चालनमा केन्द्रित रहनेछ ।
हवाई सवारी साधन र कम उचाइका उडानको व्यवस्थापनमा ईहांगको विशेषज्ञता र चांगान अटोमोबाइलको बलियो उत्पादन र बजार स्रोतको प्रयोग गरेर दुवै पक्षले भविष्यको मोबिलिटी इकोसिस्टम प्रविधिका लागि संयुक्त उद्यम स्थापना गर्ने लक्ष्य राखेका छन् । यो अन्तर–उद्योग साझेदारीले व्यापक उपभोक्ता आधारलाई लक्षित गर्दै ईहांगको विद्युतीय भर्टिकल टेकअफ र ल्यान्डिङ उत्पादन लाइन विस्तार गर्नेछ ।
चीनको दोस्रो ठूलो अटोमेकर चांगान अटोमोबाइलसँग अनुसन्धान र विकास, उत्पादन, सप्लाई चेन, बिक्री च्यानल र बजार प्रभावमा असाधारण क्षमताहरू रहेको छ । एक अर्बन एयर मोबिलिटी अग्रणी ईहांगले भख्त्इी विमान डिजाइन, उत्पादन, प्रमाणीकरणर सञ्चालनको नेतृत्व गर्दछ ।
यस सहकार्यले अत्याधुनिक प्रविधि, भविष्य–उन्मुख डिजाइनर बजार प्रतिस्पर्धाको साथमा उड्ने कारको विकासको मार्गप्रशस्त गर्नेछ । सम्झौतामा अनुसन्धान र विकास, उत्पादन, बजार प्रवद्र्धन, प्रयोगकर्ता अनुभव, बिक्रीपछिको सेवार ईहांगको भख्त्इी उत्पादन र फ्लाइङ कारको व्यावसायीकरणलाई द्रुत बनाउन कम उचाइको अर्थतन्त्र अनुप्रयोगलाई एकीकृत गर्ने बुँदाहरू समावेश छ ।
चांगानको बारेमाः
दोस्रो ठूलो चिनियाँ अटोमोबाइल निर्माता चांगान अटोमोबाइल १६० वर्षभन्दा बढीको विरासत भएको सबैभन्दा पुरानो कार निर्माता हो । १० विश्वव्यापी उत्पादन आधार र ३५ विश्वव्यापी अनुसन्धान र विकास केन्द्र भएको चांगानले ४ मिलियन नयाँ ऊर्जा वाहनसहित २२ मिलियन भन्दा बढी सवारी साधनको उत्पादन गरेको छ । आफ्नो अत्याधुनिक प्रविधि, सुरक्षा आविष्कार र प्रिमियम डिजाइनका लागि प्रख्यात चांगान स्मार्ट र उच्च–प्रदर्शन गर्ने सवारी साधनको साथमा दिगो गतिशीलताको भविष्यलाई चलायमान बनाउन समर्पित छ ।
Comments are closed.