‘ग्लोबल रिच’ अस्ट्रेलियन एजुकेसन फेयर पुस २८ देखि, २५ बढी विश्वविद्यालयका प्रतिनिधि सहभागी हुँदै

काठमाडौं । उच्च शिक्षा अध्यनका लागि अस्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्ष्य गर्दै ‘ग्लोबल रिच’ ले पुस २८ देखि शैक्षिक मेला आयोजना हुने भएको छ । तीन दशकभन्दा लामो समयदेखि शैक्षिक परामर्शको क्षेत्रमा क्रियाशिल संस्था ‘ग्लोबल रिच’ ले मेला आयोजना गर्न लागेको हो ।

काठमाडौंको डिल्लीबजारस्थित पुण्य मेन्सनमा रहेको ‘ग्लोबल रिच’को कार्यालयमा आयोजना हुने मेलामा अस्ट्रेलियाका २५ भन्दा बढी प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुनेछन् । मेलाका अवसरमा विद्यार्थी तथा अभिभावकले अस्ट्रेलियाली विश्वविद्यालयका प्रतिनिधिसँग परामर्शसँगै अष्ट्रेलियामा अध्ययन गरेपछि पाइने ‘पोस्ट–स्टडी वर्क’ सम्बन्धी जानकारी तथा अवसर, अस्ट्रेलिया अध्ययन बारेका पछिल्ला नीतिगत परिवर्तन र आवश्यकताबारे जानकारी लिन पाउनेछन् ।

मेलामा अष्ट्रेलियामा अध्ययन गर्नका लागि आवेदन प्रक्रिया, विश्वविद्यालयको चयन र स्नातकको पश्चात करिअरका अवसर बारेमा एक विस्तृत जानकारी प्राप्त गर्न पाइनेछ । मेलामार्फत विद्यार्थीले शत प्रतिशत छात्रवृत्ति, स्नातक भर्ना प्रक्रिया र आवेदन शुल्क मिनाह जस्ता विशेष अवसरहरू पनि प्राप्त गर्ने आयोजकको भनाइ छ ।

त्यस्तै, मेलामा उपस्थित भएकालाई आइएलटिएस, पीटीई र स्याटका तयारी कक्षामा पनि ५० प्रतिशत छुट र एक सय आगन्तुकलाई ‘स्काई वाक’ को टिकट उपहार दिइने ‘ग्लोबल रिच’ ले जनाएको छ । आयोजकका अनुसार निःशुल्क प्रवेश पाइने मेलामा विद्यार्थी र अभिभावकले सहभागिता जनाउन सक्नेछन् । ‘ग्लोबल रिच’ले चितवन, बुटवल, र पोखरा पनि मेला आयोजना गर्दैछ ।

चितवनको रोटरी दण्डपाणी भट्टराई भवनमा माघ १ गते ११ देखि ३ बजेसम्म, बुटवलको प्रधान हाइट्समा माघ २ गते १२ देखि ४ बजेसम्म र पोखराको भाटभटेनीमा माघ ३ गते १२ देखि ४ बजेसम्म मेला आयोजना हुनेछ । ३३ वर्षअघि स्थापित ‘ग्लोबल रिच’ अष्ट्रेलियाली विश्वविद्यालयको आधिकारीक एजेन्ट हो । यसले खासगरी ग्रुप अफ एट विश्वविद्यालयहरूको प्रतिनिधित्व गर्दै आएको छ ।

‘ग्लोबल रिच’ ले १९ देशका ५ सयभन्दा बढी विश्वविद्यालयको प्रतिनिधित्व गर्दै नेपालका विद्यार्थीलाई अन्तर्राष्ट्रिय शैक्षिक अवसरका लागि सेवा पु¥याउँदै आएको छ । त्यसका साथै, ‘ग्लोबल रीच’ ले भिसासम्बन्धी सहायतासँगै आइएलटिएस, पीटीई टोफल र स्याट जस्ता परीक्षाका तयारी कक्षा उपलब्ध गराउँदै आएको छ ।

lcci
You might also like

Comments are closed.