हिरो अवार्डबाट ४ जना सम्मानित

काठमाडौं । स्किल वीक २०२५ छैठौं संस्करण समापन समारोह भएको छ । सोमबार द सोल्टी होटेलमा भएको कार्यक्रममा प्रमुख अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी रहेका हुन् ।

स्किल वीक एक हप्ते कार्यक्रममा विभिन्न सिपमुलक तालिमहरु लगायत सिपयुक्त कार्यशाला, तालिम, केस स्टडी, लगायत मनोरञ्जनलाई मध्यनजरमा राख्दै सिपलाई विभिन्न आयामबाट प्रस्तुत गर्ने कोशिस गरिएको छ । कलकारखाना, शैक्षिक संस्था एवम् विभिन्न निकाय सँगको साझेदारीको लक्ष्य लिइ सिपमुलक रोजगारीका अवसर, बढदो सिप प्रतिको महत्व, व्यापार, सेवा, आधुनिक प्रविधि देखी लिएर कला तथा संस्कृति झल्किने किसिमले सिपको महत्व उजागर गर्ने लक्ष्यलिई स्किल वीक कार्यक्रम जनवरी ६ देखि जनवरी १३ सम्म सञ्चालन गरिएको हो ।

यस कार्यक्रममा ४ फरक सीप क्षेत्रहरू प्रदर्शन गरिएको छ । जसमा कला र संस्कृति, उद्यमशीलता, पर्यटन तथा आतीथ्य, एवम बिज्ञान तथा प्रविधि रहेको थियो । यिनै चार बिधामा चार अत्यन्त प्रेरणादायक व्यक्तिलाई स्किल हीरो अवार्ड २०२५ उपाधीबाट सम्मान गरिएको छ ।कलाको पहिलो स्तम्भ अन्तर्गत, नेपाली गायक र गीतकार सुशान्त केसी, उद्यमशीलता विधामा स्किल हिरोको रूपमा नेपाली सामाजिक उद्यमी र खालिसिसी म्यानेजमेन्ट प्रालिकी संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत आयुषी केसी, पर्यटन तथा हस्पिटालिटी विधाका लागि सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टका संस्थापक तथा प्रिन्सिपल समीर थापा र विज्ञान तथा प्रविधि विधामा सानुकाजी श्रेष्ठ पुरस्कृत भएका छन् ।

सोही दिन समापन समरोहलाई लक्षित गरेर व्यापारका चुनौती, अवसर एवम प्रयोगात्मक शिक्षाको महत्व एवम नवआगन्तुक व्यापारका पारखीलाई मार्गदिशा प्रदान गर्न प्यानेल छलफल सञ्चालन गरिएको हो । कार्यक्रममा उद्यमी, सरकारी कूटनीतिज्ञ र एक सय भन्दा बढी सहभागी थिए ।

lcci
You might also like

Comments are closed.