काठमाडौं । सीजी मोटर्सले बिर्तामोडमा एक्स्ट्रिम सिरिज अन्तर्गत दुई नयाँ मोटरसाइकलहरु, एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० फोरभी आरको क्षित्रिय ग्राण्ड लञ्चिंग गरेको छ । सीजी मोटर्सद्वारा बिर्तामोडस्थित आफ्नो आधिकारिक बिक्रेता, पीटूआर अटो जोनमा एक कार्यक्रमको आयोजना गर्दै नयाँ मोटरसाइकलको रिजनल लञ्च कार्यक्रम गरेको हो ।
नयाँ मोटरसाइकलहरु सार्वजनिक कार्यक्रममा गायक निशान भट्टराई लगायतका कलाकारको प्रस्तुती देखाएका हुन् । हीरो मोटोकर्पले एक्स्ट्रिम रेंज मार्फत नेपालका आधुनिक राइडरको परिस्कृत माग तथा आवश्यकता पूरा गर्दै शक्तिशाली, आकर्षक र उत्कृष्ट प्रदर्शन–आधारित मोटरसाइकलको चाहना पुरा गर्ने उद्देश्य लिएकोे छ । एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आरले नेपालमा हीरो मोटोकर्पको नयाँ ब्रान्ड पहिचानलाई थप सशक्त बनाउनेमा कम्पनी विश्वस्त छ ।
एक्स्ट्रिम १६० आर फोरभी (प्रो) को मूल्य रु. ३ लाख ८४ हजार ९ सय र एक्स्ट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि रु. २ लाख ८९ हजार ९ सय र एबीएस भेरियन्टका लागि रु. ३ लाख ११ हजार ९ सय तोकिएको छ । सार्वजनिक यी दुबै मोडेलहरू नवलपरासी स्थित सीजी इन्डस्ट्रियल पार्कमा रहेको अत्याधुनिक असेम्ब्ली प्लान्टमा एक्सपल्स २०० फोरभी, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस मोटरसाइकल र जुम ११० स्कूटरसँगै असेंम्बल गरिएको कम्पनीले जानकारी दिएको छ ।
हीरो मोटरसाईकल तथा स्कुटर 2W नेपालको प्रतिष्ठित तथा लोकप्रिय बाण्डमा गनिन्छ । कम्पनीले सुपर स्प्लेन्डर र एक्सपल्स २०० जस्ता चर्चित ब्रान्डद्वारा नेपालको बजारमा बलियो पकड जमाएको छ । चौधरी गु्रप, नेपालको एक प्रतिष्ठित व्यवसायिक समूह, हीरो मोटोकपको नेपालका लागि आधिकारिक वितरक पनि हो । १६० भन्दा बढी कम्पनी सञ्चालन गर्ने यस समूहसँग १५ हजार भन्दा बढी कर्मचारीको बलियो टिम र १२३ ब्रान्डहरू रहेका छन् ।
उत्पादनका विशेषताहरू
एक्स्ट्रिम १६० आर फोरभी
एक्स्ट्रिम १६० आर फोरभीले १६० सीसी सेगमेन्टलाई नयाँ उचाइमा पुर्याउँदै १६३ सीसी ४–भल्भ बीएस–भीआई इन्जिन प्रदान गर्दछ । यसले ८ हजार ५०० आरपीएममा १६.९ पीएस पावर र ६ हजार ५०० आरपीएममा १४.६ एनएम टर्क उत्पादन गर्दछ । यो मोटरसाइकलले ०–६० कि.मी./घण्टा मात्र ४.४१ सेकेन्डमा पुग्ने नयाँ स्तर निर्धारण गरेको छ । उच्च गतिका लागि असाधारण क्षमता र उत्कृष्ट प्रदर्शनका साथ, यो आफ्नो श्रेणीकै सबैभन्दा तिब्र गतिको मोटरसाइकल हो । यसलाई अझ उच्च स्तरको बनाउन, ३७ एमएम केवाईबी इनभर्टेड फ्रन्ट फोर्क र ७–स्टेप एडजस्टेबल रियर सस्पेन्शनले ह्यान्डलिङमा सहजता र स्थिरता प्रदान गर्दछ । केवल १४५ किलो तौल भएको यो मोटरसाइकल सजिलै मोड्न र चलाउन सकिन्छ ।
यसमा उपलब्ध गरिएको पेटल डिस्क ब्रेकले शहरी सडक र राजमार्गमा समेत कर्नरिङमा सहजता प्रदान गर्दछ । एक्स्ट्रिम १६० आर फोरभीमा मस्कुलर र एरोडायनामिक डिजाइनका साथमा विङलेटहरू सहितको रोबोटिक हेडल्याम्प, अन्डर काउल, र हगर फेन्डर पनि उपलब्ध रहेको छ । यसमा सिंगल वा स्प्लिट सिटको विकल्प उपलब्ध छ । साथै आरामदायी यात्राका लागि डिजाइन गरिएको इर्गोनोमिक्सले खुट्टाका लागि अतिरिक्त स्थान र झुकाइएको ह्यान्डलबार रहेकाले गर्दा यात्रा अझ सहज हुनेछ ।
प्रविधिको दृष्टिले, यसमा फुल–एलईडी लाइटिङ प्याकेज, ब्लुटुथ कनेक्टिभिटीसहितको इन्भर्टेड स्पीडोमिटर, गियर पोजिशन इन्डिकेटर र कल तथा एसएमएस अलर्ट लगायत सुविधाहरु पनि उपलब्ध गरिएको छ । यी सुविधाले राइड अनुभवलाई थप सहज र आधुनिक बनाउँछ । जसले गर्दा उच्चतम स्तरको अनुभव खोज्नेका लागि यो मोडेल अती उपयोगी हुनेछ ।
एक्स्ट्रिम १२५ आर
एक्स्ट्रिम १२५ आरले १२५ सीसी सेगमेन्टमा नयाँ स्ट्यान्डर्ड स्थापना गर्दै शक्तिशाली स्प्रिन्ट इन्जिन प्रदान गर्दछ । यसले ११.४ बीएचपी पावर उत्पादन गर्दै, ०–६० कि.मी./घण्टा केवल ५.९ सेकेन्डमा पुर्याउने क्षमता राख्छ । प्रदर्शन र माइलेजको सन्तुलनका लागि यो उत्कृष्ट मोटरसाइकल हो । यसमा ईबीटी प्रणाली उपलब्ध गरिएको छ , जसले थप सन्तुलित यात्राको अनुभव दिन्छ ।
साथै हीरोको आईथ्रीएस प्रणालीले इन्धनको बचत सुनिश्चित गर्नेछ । एक्स्ट्रिम १२५ आरको मस्कुलर र शार्प डिजाइन अन्तर्गत सेगमेन्टमै पहिलो प्रोजेक्टर एलईडी हेडल्याम्प, एलईडी टर्न सिग्नल, र सिग्नेचर एलईडी टेल लाइट समावेश गरिएको छ । सेगमेन्टमै पहिलो पटक स्पोर्टी मफ्लर, ह्वील कभर, र नेगेटिभ एलसीडी इन्स्ट्रमेन्ट क्लस्टर जस्ता फिचरले यसलाई प्रविधिमैत्री र आकर्षक बनाएको छ ।
यस मोडेलमा दिइएको डायमन्ड फ्रेमले उत्कृष्ट ह्यान्डलिङको सुनिश्चितता प्रदान गर्दछ । १२०/८० रियर टायर, ३७ एमएम फ्रन्ट सस्पेन्सन, र ७–स्टेप एडजस्टेबल मोनो–शकले स्थिरता र आरामदायी यात्रा प्रदान गर्दछ । फ्ल्याट ह्यान्डलबारले दैनिक तथा रोमाञ्चक यात्रा, दुबै अवस्थामा सहजताको सुनिश्चितता प्रदान गर्नेछ ।
सुरक्षाका लागि, यसमा सिंगल च्यानल एबीएस, २७६ एमएम फ्रन्ट डिस्क ब्रेक, र हाजार्ड लाइट जस्ता सुविधाहरू समावेश गरिएका छन् । फायरस्टोर्म रेड, कोबाल्ट ब्लु र स्टालियन ब्ल्याक जस्ता आकर्षक रङका विकल्पमा उपलब्ध एक्स्ट्रिम १२५ आरले उत्कृष्ट प्रदर्शन, अत्याधुनिक विशेषताहरू र उच्च सुरक्षाका साथ नेपालका नयाँ पुस्ताका राइडरको ध्यानाकर्षित गर्नमा कम्पनी विश्वस्त रहेको छ ।
Comments are closed.