२६ सय अङ्कमा पुग्यो नेप्से परिसूचक, कारोबार रकम रु ६ अर्बभन्दा बढी

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २ हजार ६ सय अङ्कभन्दा माथि उक्लिएको छ । आजको कारोबारपछि परिसूचक ० दशमलव ४८ प्रतिशत अर्थात् १२ दशमलव ५८ अङ्कले बढेर २ हजार ६०१ दशमलव २१ अङ्कमा पुगेको हो ।
आज विभिन्न ३२५ कम्पनीका २ करोड २९ लाख ८२ हजार ६१९ कित्ता शेयर ७२ हजार ५४० पटक खरिद बिक्री हुँदा रु ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार ६२४ मा कारोबार भएका छन् । आजको कारोबारपछि बजारपुँजीकरण रु १४ खर्ब ३९ अर्ब ९८ करोड ९६ लाख ४७ हजार ९३२ पुगेको छ ।
आज बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९ दशमलव ०९, साम्लिङ पावर कम्पनीको शेयर मूल्य ७ दशमलव ४६, नेपाल रिपब्लिक मिडिया लिमिटेडको शेयर मूल्य ७ दशमलव ३७ प्रतिशतले बढेको छ ।

 

साथै सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यसैगरी एनआइसी एसिया सेलेक्ट फण्ड ३० को शेयर मूल्य ६ दशमलव ९३ प्रतिशत, रिभर फल्स पावर लिमिटेडको ६ दशमलव ४५ प्रतिशतले घटेको छ ।
You might also like

Comments are closed.