पोखरा । पोखरा वडा नं. १५ मा आयोजित तेस्रो बृहत् खेलकुद महोत्सव सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनामा ४ दिनसम्म भएको बृहत् खेलकुद महोत्सवमा दर्जनौं खेल सञ्चालन गरिएको छ ।
विजेतालाई पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरूङ, पूर्व महानगरनगर प्रमुख तथा नेकपा एमालेका केन्द्रीय सदस्य कृष्ण थापा, वडाध्यक्ष तोरणबहादुर बानियाँ, महोत्सव संयोजक आशिष भण्डारीलगायतले पुरस्कार, ट्रफी, शिल्ड, प्रमाणपत्र प्रदान गरेका हुन् ।
पुरूष फुटबलतर्फ नयाँ गाउँ युवा क्लब विजयी हुँदा पुरुष भलिबलतर्फ तल्लो नयाँ गाउँ टोल विकास संस्था च्याम्पियन बनेको छ । बन विज्ञान क्याम्पसको खेल मैदानमा वडाबासीको उत्साहजनक सहभागितामा भएको फुटबल फाइनलमा नयाँ गाउँले प्रतिभा टोल विकास संस्थालाई पराजित गरेको हो । पुरुष भलिबलतर्फ तल्लो नयाँ गाउँ टोल विकास संस्थाले चन्द्र सूर्य क्लबलाई हराएको छ ।
यस्तै महिला भलिबलतर्फ जनजागृति आमा समूहले एकता आमा समूहलाई पराजित गर्दै उपाधि जितेको छ । विद्यालय फुटबलमा वेलनन एकेडेमीले एसओएस हर्मन माइनगर गण्डकीलाई हराउँदै च्याम्पियन बन्यो । युनी हक्की छात्र र छात्रा दुवैतर्फको उपाधि सेन्ट फ्रान्सिस स्कूलले जित्यो । छात्रतर्फ सेन्ट फ्रान्सिसले शुत्रराज बलभद्र माविलाई हरायो भने छात्रातर्फ कालिका माविलाई हराएको हो । छात्रतर्फ एसओएस हर्मन माइनर र छात्रातफर्प ज्ञानकुञ्ज एकेडेमी तृतीय भए ।
महिला ब्याडमिन्टन सिंगलतर्फ मितेरी आमा समूहकी चन्द्रा तामाङ छन्त्याल प्रथम बनिन् । जनजागृतिकी गंगा नापित दोस्रो भईने भने स्यानीपाटनकी सिर्जना गुरुङ र आदर्श आमा समूहकी छोमया पुन तेस्रो भए । महिला ब्याडमिन्टन डबलतर्फ बेलबोट आमा समूहका सीता थापा र जिमाया राना प्रथम भए । मितेरी आमा समूहका चन्द«ा तामाङ छन्त्याल र श्रीषा केसी दोस्रो बने । संगम टोलका लक्ष्मी लामा र पुष्पा पन्त एवं एकता आमा समूहका सुशिला पुर्जा र लालीकुमारी खान तेस्रो बने ।
पुरूष ब्याडमिन्टन सिंगलतर्फ तल्लो नयाँ गाउँका तोरण गुरुङ प्रथम, तल्लो सिमलबोट टोल विकास संस्थाका युवराज गुरूङ दोस्रो र कोलपाटन टोल विकास संस्थाका किरण आले र चन्द्रसूर्य क्लबका किस्मत गुरूङ तेस्रो भए । पुरूष ब्याडमिन्टन डबलतर्फ तल्लो सिमलबोट टोल किावस संस्थाका युवराज गुरूङ र प्रकाश गुरूङ प्रथम, चन्द्रसूर्य क्लबका खुम गुरुङ र मनी प्रसाद गुरुङ दोस्रो, चार भाइ युवा क्लबका कृष्ण ब. गुरुङ र पूर्ण बहादुर जिसी तथा कोलपाटनका किरण आले र अमबहादुर खोरजा तेस्रो भएका छन् ।
महिला रस्साकस्सीमा जनजागृति आमा समूह प्रथम, संगमटोल आमा समूह दोस्रो बने । महिला सडक दौड ३ किमिमा ४८ जना सहभागी भएकोमा जनजागृतिकी पोम कुमारी बुढा प्रथम, संगमकी रुपा बरुलाल दोस्रो र एकताकी मोहनमाया राना तेस्रो बनिन् । पुरुष सडक दौड ५ किमितर्फ नयाँ गाउँका ठाकुर बहादुर थापा प्रथम, कोलपाटनका ओमबहादृुर फोरजना दोस्रो र तल्लो नयाँ गाउँका कुल बहादुर गुरुङ तेस्रो भए ।
छात्रा सडकदौड ३ किमिमा भ्यूप्वाइन्टकी सजिना सुनार प्रथम, सेन्ट मेरिजकी एलिशा कुँवर दोस्रो, सिद्ध माविकी श्रेया मगर तेस्रो बनिन् । छात्र ५ किमि दौडमा एसओसएका टिजन बुढामगर प्रथम, हावर्ड एकेडेमीका मनिष पुन दोस्रो र एसओएसका अमन न्यौपाने तेस्रो भए ।ह्विलचेयर दौडमा घना घर्तीमगर प्रथम, पुनम बिक दोस्रो र पवित्रा बिक तेस्रो भए । ह्वीलचेयर बास्केटबलमा टीम ए रातो प्रथम र टीम बी निलो दोस्रो भए । छात्र साइक्लिङ १० किमितर्फ रत्नज्योति माविका मन्दिप केसी प्रथम, रत्न ज्योतिकै सरोज सारु मगर दोस्रो र सिद्ध माविका मनोजि बिक तेस्रो भएका छन् ।
विजेता, उपविजेता र तेस्रो हुनेहरुले नगद पुरस्कारसहित, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । समापनका अवसरमा खेल्छ गण्डकीमा आबद्ध वडा स्थित बालबालिकालाई पोषणतत्वका लागि विभिन्न थरीका खाद्यान्न प्रदान गरिएको थियो । सो अवसरमा सहयोगीलाई मायाको चिनो र प्रशंसापत्र पनि प्रदान गरिएको छ ।
समापन कार्यक्रमकी प्रमुख अतिथि महानगर प्रमुख मञ्जुदेवी गुरुङले हरेक व्यक्तिमा भएको क्षमतालाई प्रदर्शन गर्न खेलले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै देशलाई परिचित बनाउनका लागि अन्य थुप्रै क्षेत्र भए पनि मुलुक, समाज र टोलको पहिचान खेलाडीले मात्र दिन सक्ने बताइन् । वडाध्यक्ष तोरण बानियाँले वडा नं. १५ ठूलो क्षेत्रफलमा फैलिएको र यस खेलकुद महोत्सवले वडावासीबीच आपसी सम्बन्ध र भाइचाराको सम्बन्ध विस्तार हुने विश्वास लिए ।
महोत्सव संयोजक तथा वडा सदस्य आशिष भण्डारीले वडा स्तरीय खेलकुद महोत्सवमा सहभागी भएका खेलाडीहरूले पोखरा महानगरमा आयोजना भएका विभिन्न प्रतियोगितामा उपाधि जित्दै वडाको गौरव बढाएको र यस कार्यक्रमलाई निरन्तरता दिइने बताए । वडाध्यक्ष बानियाँको अध्यक्षतामा भएको समापन कार्यक्रममा महोत्सव संयोजक आशिष भण्डारीले स्वागत र वडा सचिव युवराज पौडेलले कार्यक्रमको सञ्चालन गरेका हुन् ।
Comments are closed.