१३ करोड १२ लाखमा मोटर चल्ने पुल निर्माण

ढोरपाटन (बागलुङ) । कालीगण्डकी नदीमा रु १३ करोड १२ लाख ४९ हजार ३६४ निर्मित मोटरेवल पुल यसै सातादेखि सञ्चालन भएको छ ।

पुल सञ्चालन भएसँगै दक्षिण बागलुङबाट प्रदेश राजधानी पोखरासहितका ठूला सहरमा पुग्न सर्वसाधारणलाई सहज भएको छ । पुलबाट जैमिनी नगरपालिका १ र पर्वतको फलेवास नगरपालिका– ६ जोडिएका छन् ।

जैमिनी नगरपालिका–५ का कृष्णबहादुर थापाले कालीगण्डकीमा पुल बनेपछि सामान ढुवानी र यात्रा गर्न धेरै सहज भएको बताए । पुलबाट यात्रा गर्दा अब पोखरा पुग्न ३० किलोमिटर दूरी घटेको उनले सुनाए ।

You might also like

Comments are closed.