प्रथम अकला कप २०८१ सम्पन्न

रामपुर (पाल्पा) । प्रथम अकला कप २०८१ अन्तर्गत खुल्ला टोल स्तरीय पुरुष भलिबल प्रतियोगिता रामपुर ७ आमडाँडा पाल्पामा सम्पन्न भएको छ । अकला युथ क्लब रामपुर ७ आमडाँडा पाल्पाको आयोजनामा भएको प्रतियोगिताको उपाधि मोहमी युवा क्लब चापाकोट ६ स्याङ्जाले जितेको छ ।

लाङ्घाली उत्थान समाज पूर्वखोला १ सिलुवालाई सोझो सेटमा हराउँदै मोहमी युवा क्लवले उपाधि हात पारेको हो । जेवाईसि युथ क्लबलाई २–० को सोझो सेटमा हराउँदै मकैडाँडा युवा क्लवले तृत्तीय स्थान हासिल गरेको छ । यससंगै विजेता, उपविजेता र तृत्तीय हुने समुहले नगद ३० हजार, २० हजार र १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

विजयी समुहलाई पुरस्कार वितरण गर्दै रामपुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख तथा उपप्रमुख बालकुमारी थापाले टोल–टोलमा हुने विभिन्न खेलकुद प्रतियोगिताले स्थानीय स्तरमा रहेका खेलाडीको प्रतिभा प्रस्फुटन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा सघाउ पुगेको बताए ।

स्थानीय स्तरमा हुने प्रतियोगिता खेलाडीको खेल भविष्यको मार्गदर्शक भएको उनी बताउँछन् । साथै खेलले अनुशासनसंगै सभ्य नागरिक बन्न सघाउ पु¥याउने उल्लेख गरे । सिमित स्रोत र साधनका विच पनि खेलकुदलाई उच्च प्राथमिकता दिएको भन्दै खेलाडीलाई उच्च मनोबलका साथ खेलमा लाग्न आग्रह समेत गरे ।

कार्यक्रममा बोल्दै रामपुर नगरपालिका वडा नं.७ का वडाध्यक्ष दोवराज तिवारीले खेलकुदले राष्ट्रलाई चिनाउने बताए । यस्तै नेपाली काँग्रेस रामपुरका सभापति एवं शहिद बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद भट्टराईले खेलकुद क्षेत्रको विकासका लागि टोल टोलमा हुने यस्ता प्रतियोगिताको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।

क्लवका अध्यक्ष रामु क्षेत्रीको अध्यक्षतामा भएको पुरस्कार वितरण तथा समापन कार्यक्रम रामपुर नगरपालिकाका कार्यबहाक नगर प्रमुख तथा उपप्रमुख बालकुमारी थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । क्लवका सहसचिव सागर कंडेलको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन डोलराज श्रेष्ठले गरेका छन् ।

प्रतियोगितामा विभिन्न विधामा विधागत पुरस्कार प्रदान गरिएको छ । माघ ६ गते देखि भएको खुल्ला टोल स्तरीय पुरुष भलिबल प्रतियोगितामा १७ समूहको सहभागीता रहेको थियो ।

You might also like

Comments are closed.