चितवन । जि मोटर्स प्रालि स्काईवेलका विद्युत्तिय सवारीको आधिकारिक वितरकले व्यापार मेलाबाट स्काईवेलको १.१५ करोड माथिको नेपालकै सर्वाधिक रेन्ज ६२० किमी दिने प्रीमियम इभी ‘ईटी ५’ चितवन महोत्सवबाट ५ वटा डेलिभरी गरेको छ ।
सबै बुकिङ्गलाई जि मोटर्स प्रालिका बिजनेस हेड युगप्रसाद रिमालले स्काईवेलको प्रीमियम ईभी डेलिभरी गरेको बताए । जि मोटर्स स्काईवेल अटो तर्फको बेस्ट स्टल अवार्ड पनि प्राप्त गरेको छ । छिट्टै ग्राहकको सुबिधालाई ध्यान दिदै सेल्स शोरुम एवम् सर्भिसको पुर्ण सुविधा उपालब्ध गराउने कम्पनीका कार्यकारी निर्देशक पारशमणी गेलालले जानकारी दिए ।
इभीमा स्काईवेलकै प्रीमियम र लङ्ग रेन्ज रोज्नुको कारण चाहिं नेपालको बाटोमा १९७ यमयम ग्राउन्ड किल्यरेन्स भएको र सबैभन्दा बढी रेन्ज दिने र धेरै सुविधा सम्पन्न जिप त्यो पनि ईभीमै प्राप्त युरोपियन बजारमा अब्बल बिक्री रहेको गुणस्तरयुक्त भएकाले यसलाई रोजाईमा पार्नु भएको प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले जनाए ।
आगामी दिनमा यस प्रालिले चितवन क्षेत्रको बजारलाई मुख्य बजारको रुपमा लिएर अगाडी बढ्ने एवम् चाँडै सेल्स, शोरुम्, सर्भिस र पाट्र्स चितवनका ग्राहकलाई सहज रुपमा उपलब्ध गराउने निर्देशक गेलाले बताए । बिक्री गरेका १५० किलोवाट पावर र उच्च ग्राउन्ड क्लियरेन्स भएको यस प्रीमियम ईभीले नेपाली बजार तथा ग्राहकमा सकारात्मक प्रभाव पार्नेछ ।
हाल नेपालमा १४० वटा भन्दा बढी स्काईवेलका इटि५–६२० किमि प्रीमियम विद्युत्तिय यसयुभि बिक्री–वितरण भइसकेका छन् । महोत्सवमा ५ भन्दा बढी बुकिङ रहेको छ । ईटि५, बिई ११ मोडेलमा हाल कम्पनी सँग ६२०, ५२० र ४१० किमी रेन्ज दिने प्रीमियम यसयुभि बिक्रीका लागी उपलब्ध रहेका छन् ।
नेपाली ग्राह्कले युरोपियन बजारमा अत्याधिक रुचाईएको स्काईवेलका प्रीमियम सवारीको गुणस्तर परफर्मेन्स र उच्च १५० किलोवाट पावरलाई नेपालका सबै किसिमका भु–भागमा सहजै यात्रा गर्न सक्नेछन् । स्काईवेल ६५ भन्दा बढी देशमा जर्मनी, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्कि, इजरायल, पोल्यान्ड बिक्री हुँदै नेपालमा पनि युरोपियन गुणस्तरका सवारी बिक्री गर्ने प्रीमियम सवारी उत्पादक कम्पनी हो ।
Comments are closed.