प्रश्नपत्र निर्माण तथा उत्तरपुस्तिका परीक्षण सम्बन्धि कार्यशाला सम्पन्न

कास्की । सामाजिक अध्ययन मन्च कास्कीले आधारभूत तह कक्षा ८ स्तरीय प्रश्नपत्र निर्माण तथा उत्तरपुस्तिका परीक्षण सम्बन्धि एकदिने कार्यशाला सम्पन्न गरेको छ ।

कार्यशालाका प्रमुख अतिथि पोखरा महानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत सोमनाथ भण्डारीले सामाजिक अध्ययनको महत्त्व तथा आन्तरिक मूल्याङ्कनका विभिन्न प्रक्रियाका बारेमा प्रकाश पारेका छन् । कार्यक्रममा सृजना माविका प्राचार्य तथा पोखरा महानगरपालिकाका शिक्षा समिति सदस्य डोलराज पाण्डेले सामाजिक अध्ययन मन्च कास्कीले गरेका कामको प्रशंसा गर्दै शुभकामना व्यक्त गरेका छन् ।

मन्चका अध्यक्ष गोविन्द काफ्लेको अध्यक्षतामा, सचिव तिलक काफ्लेको सञ्चालनमा भएको कार्यक्रमको सहजिकरण मन्चकी उपाध्यक्ष तथा प्रशिक्षक नारायणी गौतम, मन्चका संस्थापक अध्यक्ष सुर्यबहादुर गुरुङ र निवर्तमान अध्यक्ष दिनेश अर्यालले गरेका हुन् । मन्चको नयाँ आजीवन सदस्यता लिने शिक्षकलाई समेत स्वागत गरिएको छ ।

You might also like

Comments are closed.