अवैध घरेलु मदिरा नष्ट

रामपुर (पाल्पा) । इलाका प्रहरी कार्यालय रामपुर पाल्पाले अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । सवारी चेकजाँचको क्रममा निस्दी गाउँपालिका–५, बेलडाँडाबाट बरामद भएको २७० लिटर घरेलु मदिरा प्रहरीले आइतबार नष्ट गरेको हो ।

गत माघ १० गते विहिबार इलाका प्रहरी कार्यालय रामपुर, अस्थाई ट्राफिक प्रहरी कार्यालय रामपुर, प्रहरी चौकी चौकी रुप्सेभञ्ज्याङ र प्रहरी चौकी जब्गादीको संयुक्त टोलीले बेलडाँडामा सवारी चेकजाँच गरेको थियो । सो क्रममा तानसेनबाट रामपुरतर्फ आउँदै गरेको लु १ ख ८३६४ नम्बरको यात्रुवाहक बसबाट मदिरा बरामद गरेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक रामबहादुर नेपालीले जानकारी दिए । नियन्त्रणमा लिएको मदिरा ४० हजार मुल्य बराबरको रहेको उनले बताए ।

प्रहरीले कार्यालय परिसरमा रामपुर नगरपालिका ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल, इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख गणेशबहादुर कार्की सहित सञ्चारकर्मीको उपस्थितिमा नष्ट गरिएको हो ।

 

You might also like

Comments are closed.