काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ‘फेमिली एण्ड बेबी एक्स्पो २०२५’ हुने भएको छ । इभेण्ट सोलुसन प्रालिको आयोजनामा यही माघ १६ देखि १९ गतेसम्म एक्स्पो हुँदैछ । बालबालिका तथा परिवारलाई मनोरञ्जनसहित आवश्यक वस्तु तथा सेवा एउटै छानामुनी उपलब्ध गराउनका लागि एक्स्पो आयोजना गरिएको हो ।
‘वान स्टप सोलुसन फर फेमिली एण्ड बेबी रिलेटेड प्रोडक्ट्स एण्ड सर्भिसेज’ भन्ने नाराका साथमा आयोजना हुने एक्स्पोमा बालबालिकाका लागि आवश्यक सबै सामान तथा सेवा एउटै छानामुनी उपलब्ध हुनेछ । एक्स्पोमा बालबालिकाले मस्कट एपियरेन्स, पोएट्री तथा क्यालिग्राफी एक्टिभिटिजमा सहभागि हुन सक्छन् । फोटो बुथ तथा ३६० डिग्री क्यामेरा आकर्षणका रुपमा रहने एक्स्पोमा ट्रिजर हण्ट, स्पीन द ह्वील, स्काउट गेम तथा डान्समा बालबच्चा रमाउन सक्छन् ।
घरभित्र बसेर मोबाइल हेर्ने बानी परेका बालबालिकालाई रिफ्रेस् हुन एक्स्पो उचित गन्तव्य बन्ने इभेण्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए । अभिभावकले आफ्ना बालबच्चालाई सक्रिय बनाउन तथा फरक वातावरण देखाउन एक्स्पोमा ल्याउन सक्ने र बेलुन पपअप, म्युजिकल चियर, चक्चा दौड, फेस पेन्टिङ तथा ड्रइङ, पानीपुरी तथा पपकर्न खाने प्रतियोगिता पनि सञ्चालन हुने उनले जानकारी दिए । यस्ता क्रियाकलापमा सहभागि हुनेलाई दैनिक रुपमा गोलाप्रथाबाट उपहार प्रदान गरिनेछ ।
बालबालिका तथा अभिभावकलाई लक्षित गरी विभिन्न किसिमका जानकारीमुलक सेसनहरु पनि सञ्चालन हुने एक्स्पोमा आमाबाबु र परिवार सम्बन्धि जानकारी प्रदान गरिनेछ भने महिला तथा बालबालिकामा हुने क्यान्सर तथा अटिजम र आईभिएफका बारेमा जानकारी दिने सेसनहरु पनि सञ्चालन हुने आयोजकले जनाएको छ । एक्स्पोमा जादु तथा सांगितिक मनोरञ्जनात्मक प्रदर्शनीहरु, बालबालिकाका लागि आवश्यक पर्ने सबै किसिमका वस्तु तथा सेवा सुपथ मूल्यमा खरिद गर्न सकिनेछ ।
अभिभावकलाई आफ्ना बालबालिकाको क्षमता परीक्षण गर्ने उचित गन्तव्य बन्ने आयोजकको अपेक्षा छ । बजारमा भौंतारिएर वस्तु तथा सेवाका साथै मनोरञ्जनका साधनको खोजी गर्नुपर्ने अभिभावकको बाध्यतालाई पनि एक्स्पोले समाधान गर्ने आयोजकको विश्वास छ ।
एक्स्पोलाई जार रेस्टुरेण्ट, द वन्डरल्याण्ड, साउथवेष्टर्न स्कुल, वर्किङ टुगेदर फर सोसियो इकोनोमिक ट्रान्सफर्मेशन, ललितपुर उद्योग वाणिज्य संघ, उद्योग वाणिज्य संघ काठमाडौं, नेपाल स्काउट, आक्र्स फुड, साउथ एशियन एस्ट्रो फेडेरेशनले सहयोग गरेका छन् । नेपाल फर्निचर तथा फर्निसिङ संघ, एक्जिविशन लाइट हाउस, लायन्स क्लब अफ काठमाडौं युनिभर्सल, फ्रेस रस, वेबट्युन्ड स्टुडियो, लक्ष्मी हेयर एण्ड व्युटी स्टुडियो, ऐविवि अष्ट्रेलिया तथा वल्र्डलिंक कम्युनिकेशन एक्स्पोका सहयोगी संस्था रहेका छन् ।
एक्स्पोको अभिनेत्री प्रियंका कार्की र उनकी छोरी आयांकाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । समापन सत्रमा ‘टीम कार्टुन’ को विशेष प्रस्तुती रहनेछ । करिव २५ हजारभन्दा बढीले एक्स्पो अवलोकन गर्ने लक्ष्य लिइएको छ । आयोजकका अनुसार निशुल्क प्रवेश गर्न सकिनेछ ।
Comments are closed.