काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १० दशमलव ६१ अङ्कले घटेर आज २ हजार ६३३ दशमलव ३२ को बिन्दुमा कायम भएको छ । विभिन्न ३१२ कम्पनीका १ करोड ७२ लाख ५३ हजार ५७६ कित्ता शेयर ८७ हजार ५६४ पटक खरिदबिक्री हुँदा रू ८ अर्ब ९२ करोड ४० लाख ६५ हजार ८८८ बराबरको कारोबार भएको छ ।
कारोबारमा बैंकिङ समूह ० दशमलव ५५, होटल तथा पर्यटन ० दशमलव ५१, लगानी ० दशमलव ७७, जीवन बीमा १ दशमलव १०, म्युचुअल फन्ड ० दशमलव ६४, निर्जीवन बीमा ० दशमलव ६७, व्यापार १ दशमलव ८३ र अन्य समूह १ दशमलव ६६ प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ ।
विकास बैंक समूह ० दशमलव ७२, वित्त ३ दशमलव ४६, जलविद्युत् ० दशमलव ३५, उत्पादन तथा प्रशोधन ० दशमलव ६७ र लघुवित्त शून्य दशमलव ०४ प्रतिशतले बढेको छ । न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने सप्तकोशी डेभलपमेन्ट लिमिटेडको शेयर मूल्य ८ दशमलव ४६ प्रतिशतले घटेको छ ।
कारोबार रमकका आधारमा आज सबैभन्दा धेरै सिन्धु विकास बैंक लिमिटेडको रू २९ करोड ८३ लाख ७९ हजार ८१३ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने एनएमबी–५० को सबैभन्दा धेरै ६ लाख ७५ हजार १५९ कित्ता शेयर किनबेच भएको छ ।
Comments are closed.