बागमती । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को ६ महिनाका अवधिमा रु २९ करोड १ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दत्र्ता, नविकरण तथा सवारी चालक अनुमतिपत्र बितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि पुस महिनासम्ममा सो कार्यालयले रु २९ करोड १ लाख ७५ हजार ६५१ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख प्रविण श्रेष्ठले जानकारी दिए ।
कार्यालय प्रमुख श्रेष्ठका अनुसार चालु आवको ६ महिनामा सवारी चालक अनुमतिपत्र बितरणबाट रु १७ करोड ३८ लाख २१ हजार १४९, सवारी करबाट रु ४ करोड ५३ लाख ६८ हजार ३३१, यातायात क्षेत्रको आम्दानीबाट रु ४ करोड ५६ लाख ७० हजार ८११, सङ्घीयता तर्फ रु १ करोड ८१ लाख २५ हजार १८० तथा बेरुजुबाट रु ८ हजार २५० राजस्व सङ्कलन भएको छ ।
यस्तै चालु आव को सो अबधीमा मोटरसाईकल १ हजार २८० वटा, साना सवारी ५१३ वटा, टेम्पो तथा ई–रिक्सा ३३७ वटा, ठूला तथा मझौला सवारी ३२१ वटा र ट्याक्टर ५ गरी २ हजार ४५८ नयाँ सवारी दत्र्ता भएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए । यस अबधीमा नयाँ २ हजार १६३ र वर्ग थप १ हजार ४४८ गरी ३ हजार ६११ जनालाई सवारी चालक अनुमतिपत्र (लाईसेन्स) वितरण गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए ।
यस्तै सो अबधीमा २ हजार ९८४ नविकरण, ४९ वटा प्रतिलिपी र ३९ वटा नविकरण र प्रतिलिपी दिइएको जनाएको छ । सो कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा विभिन्न शिर्षकमा रु ५६ करोड ७ लाख १७ हजार राजस्व सङ्कलन गरेको थियो भने ४ हजार ३९९ वटा सवारी साधन दत्र्ता गरेको थियो ।
Comments are closed.