काठमाडौं । जिरो इमिसन राइड एनले ८ औँ नेपाल चेम्बर एक्स्पोको अवसरमा विशेष अफर ल्याएको छ । नेपालमा इलेक्ट्रिक स्कुटरको बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै जिरो इमिसन राइड एनले माघ १७ देखि २१ सम्म भृकुटीमण्डपमा आयोजना गरिएको ८ औँ नेपाल चेम्बर एक्स्पोमा सहभागी हुँदै विशेष अवसर सार्वजनिक गरेको छ ।
यस अफर अन्तर्गत, Luyuan / Ecooter ब्रान्डका कुनै पनि इलेक्ट्रिक स्कुटर खरिद गर्ने ग्राहकले रु. २० हजार नगद छुट पाउनेछन् । यो अफर केवल नगद खरिद गर्ने ग्राहकका लागि लागू हुनेछ । नगदमा खरिद गर्न नसक्ने ग्राहकका लागि सहज फाइनान्स सुविधा उपलब्ध हुनेछ भने एक्सचेन्ज अफर समेत प्रदान गरिनेछ ।
जिरो इमिसन राइड एनले नेपालमा ६ वर्षभन्दा बढी समयदेखि इलेक्ट्रिक स्कुटरको बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ । नेपालको सबैभन्दा ठूलो सर्भिस सेन्टर र चार्जिङ नेटवर्क सहित २ हजार भन्दा बढी ग्राहकलाई सेवा दिइसकेको यस कम्पनीले अब अझ व्यापक रूपमा ग्राहकलाई उत्कृष्ट सेवा दिने योजना बनाएको छ ।
इलेक्ट्रिक स्कुटरमा आकर्षक छुट र सहज फाइनान्स सुविधासहित हरित यातायात अपनाउने सही अवसर हो । भृकुटीमण्डपमा माघ १७ देखि २१ गतेसम्म चल्ने यस एक्स्पोमा सहभागी भई अवलोकन गर्न सकिने कम्पनीले जनाएको छ ।
Comments are closed.