काठमाडौं । प्रदर्शन, विश्वसनीयता र उत्कृष्टताको पर्याय ब्रान्ड यामाहा नेपालले माघ १७ देखि २५ गतेसम्म टीयू अन्तर्राष्ट्रिय क्रिकेटमैदानमा आयोजना हुने डब्लु टि २० आई त्रिकोणात्मक श्रृङ्खला २०२५ को टाइटल प्रायोजनको घोषणा गरेको छ ।
तीन प्रतिस्पर्धी राष्ट्रहरू नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डबीच हुने यो प्रतियोगिताका खेलहरू दिउँसो १२ः१५ बजे सुरु हुनेछन् । जोश, शुद्धता र शक्तिलाई मूर्त रूप दिने ब्रान्ड यामाहा नेपालको क्रिकेटसँगको सम्बन्धले देशमा खेलकुद र युवा संलग्नतालाई सघाउने विश्वास गरिएको छ ।
नेपालमा लोकप्रिय खेलमध्येको एक क्रिकेट यामाहा जस्तो गतिशील ब्रान्डसँग जोडिँदा युवा महिला खेलप्रेमीलाई आत्मविश्वास र दृढ सङ्कल्पका साथ आफ्ना सपनाहरू पछ्याउन प्रेरणा मिल्नेछ । एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले यामाहा सधैं खेल भावना, प्रदर्शन र क्षमता अभिवृद्धिमा विश्वास गर्ने बताए ।
“हाम्रा यी मूल्यहरू यामाहा राइडर र क्रिकेट प्रशंसक दुवैसँग दृढतापूर्वक प्रतिध्वनित हुन्छन्, हामी डब्लु टि २० आई त्रिकोणात्मक शृङ्खलाको टाइटल प्रायोजक हुन र नेपालमा क्रिकेटको विकासमा योगदान पु¥याउन पाउँदा उत्साहित छौं, यो साझेदारीले खेलकुदलाई सशक्त बनाउने र उत्कृष्टताको संस्कृतिलाई बढावा दिनेछ” उनले भने ।
डब्लु टि २० आई त्रिकोणात्मक श्रृङ्खला २०२५ मा तीन अन्तर्राष्ट्रिय टोलीहरू बीचको तीव्र प्रतिस्पर्धाले नेपालमा विश्वस्तरीय क्रिकेटको रोमान्च भित्र्याउने निश्चित छ । यामाहा नेपालको संलग्नतासँगै यो श्रृङ्खलाले क्रिकेटप्रेमी, यामाहा प्रशंसक र खेलकुदप्रेमी सबैलाई सहभागी गराई गति, शिल्प र खेलभावनाको रोमाञ्चक संयोजन सिर्जना गर्नेछ ।
अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र असाधारण विश्वसनीयताका लागि परिचित यामाहा एमएडब्लू राइड्स अन्तर्गतको नेपालको अग्रणी दुईपाङ्ग्रे ब्रान्ड हो । नवीनता र ग्राहक सन्तुष्टिप्रति बलियो प्रतिवद्धताका साथ यामाहा देशभरका सवारको लागि मनपर्ने विकल्प बनेको छ ।
Comments are closed.