मर्स्याङदी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा ४ वटा बैंक तथा वित्तीय संस्थाको लगानी

तनहुँ । मर्स्याङदी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा चारवटा बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने गरी सहमती भएको छ । कुमारी बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड र कृषि विकास बैंक लिमिटेडले १०.५० अर्ब रुपैयाँ बराबरको लगानी गर्ने सहमती अनुसार सम्झौता गरिएको छ ।

ऋण लगानीतर्फ कुमारी बैंकले ४ अर्ब, प्रभु बैंकले ३ अबै, सिद्धार्थ बैंकले २ अर्ब र कृषि विकास बैंकले १.५ अर्ब लगानी गर्ने भएका छन् । गोरखाको पालुङटार नगरपालिका, लमजुङको राईनास नगरपालिका र तनहुँको भानु नगरपालिका भएर बग्ने मर्स्याङदी नदीमा निर्माण हुने ९० मेगावाटको मर्स्याङदी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनाका लागि शुक्रवार कुमारी बैंकको अगुवाईमा लगानी सम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको छ ।

एम.ए पावर प्रालिका अध्यक्ष अनुप आचार्य र कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालको उपस्थितिमा लगानी सम्झौता भएको हो । हाल ४ वित्तीय संस्थाबीच सम्झौता भएपनि केही समयभित्र अन्य बैंक तथा वित्तीय संस्थाहरुले पनि लगानी गर्ने बताइएको छ । निर्माण अवधिको व्याजसहित कुल २० अर्ब २५ करोड बराबरको लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपूँजी लगानी हुने जनाइएको छ ।

स्वपूँजी लगानीतर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दिपक बरालको हुनेछ । डोल्मा इम्पाक्ट फण्डले पनि स्वपूँजी लगानी गर्न पुर्व आवश्यक तालिम अध्ययन अगाडी बढाएको कम्पनीका अध्यक्षले बताएका छन् । यही समुहबाट हाल सेतीखोला हाईड्रोपावर लिमिटेड सेतीखोला जलबिद्युत आयोजना २२ मेगावाट निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।

आयोजनाको नेपाल बिद्युत प्राधिकरणसँग २०८० कात्तिक १ गते बिद्युत खरिद बिक्री सम्झौता सम्पन्न भई व्यापारिक उत्पादन शुरु गर्नुपर्ने मिति २०८६ वैशाख २२ गते रहेको छ । आयोजना प्राविधिक प्ररामर्शदाता क्लिन इन्र्जी क्न्सलटेन्स प्रालि रहेको छ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), विस्तृत इन्जिनियरिङ डिजाइन तथा ठेक्का सम्बन्धी कागजात तयारीको काम अन्तिम चरणमा रहेको छ ।

आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृतीका लागी सम्बन्धित निकायमा पेश भएको कम्पनीले जनाएको छ । आयोजनाबाट उत्पादित बिद्युत् बिद्युत्गृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा नेपाल बिद्युत प्राधिकरणको मार्किचोक सबस्टेशनमा २२०/१३२ केभीमा जोडिनेछ ।

You might also like

Comments are closed.