काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले तेस्रो राष्ट्रिय महाधिवेशनका लागि जिम्मेवारी बाँडफाँडसहित विभिन्न उपसमिति गठन गरेको छ । महासंघका संयोजक भागिरथ सापकोटाको अध्यक्षतामा र ईन्चार्ज रचना खड्काको प्रमुख आतिथ्यतामा बसेको सचिवालय बैठकले ५ वटा उपसमिति गठन गर्ने सहितका विभिन्न निर्णय गरेको हो ।
महासंघको सचिवालय बैठकले महासचिव बालकृष्ण सिवाकोटीको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति गठन गरेको छ । यो उपसमितिमा कार्यालय विभाग प्रमुख सुवर्ण श्रेष्ठ, निर्वाचन आयोग संयोजक टंक बहादुर राउत, सबै प्रदेश अध्यक्षहरु र सबै वस्तुगत संगठनका अध्यक्षहरु सदस्य रहने महासंघका अध्यक्ष सापकोटाले जानकारी दिएका छन् ।
यस्तै, कोषाध्यक्ष डिम प्रसाद पौडेल (प्रकाश)को संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति गठन गरिएको छ । शैलेन्द्र गुरांगाईं, खड्ग बहादुर ताम्लिीङ र सागर ढकाल यस उपसमितिको सदस्य तोकिएका छन् । संयोजकले आवश्यकताका आधारमा सिफारिस गरे सदस्य थप गर्न सकिने बताइएको छ ।
यस्तै प्रचार विभाग प्रमुख रामराजा श्रेष्ठको संयोजकत्वकम प्रचार प्रसार उपसमिति गठन गरिएको छ । यस उपसमितिमा पनि संयोजकको सिफारिसमा आवश्यक सदस्य थप गरिने छ ।
यसैगरी, कार्यालय विभाग प्रमुख सुवर्ण श्रेष्ठको संयोकत्वमा हल व्यवस्थापन उपसमिति पनि गठन गरिएको छ । यस उपसमितिमा मोतीराज ज्ञवाली, टंक बहादुर राउत र बालाराम भट्टराई सदस्य तोकिएका छन् ।
अतिथि सत्कार उपसमितिको संयोजन भने महासंघका पूर्व उपाध्यक्षहरुले गर्ने गरि जिम्मेवारी तोकिएको छ । यस उपसमितिमा डेकनाथ गौतम, राम ब. गुरुङ, डि.बी बस्नेत, सुर्य बहादुर थापा, सि।एन। पाण्डे र डा। तिलचन्द्र भट्टराई रहेका छन् ।
यसैबीच, महासंघ मातहत प्रदेश, जिल्ला, स्थानीय संघ, बस्तुगत संगठन, कर्पोरेट परिषद र महिला उद्यमी परिषदले आ–आफ्नो संगठनको महाधिवेशन सम्पन्न गर्नुपर्ने समय अवधि पुरा भएर अधिवेशन सम्पन्न नभएकाको हकमा फागुन १८ गते भित्र अधिवेशन सम्पन्न गर्नुपर्ने समयसीमा पनि सचिवालय बैठकले तोकेको छ ।
सबै वस्तुगत संगठन, प्रदेश, जिल्ला, स्थानीय संघ, कर्पोरेट परिषद, केन्द्रीय आयोग, केन्द्रीय विभाग, केन्द्रीय स्तरमा बनेका समितिहरुले आफ्नो संगठनात्मक विवरण फागुन १९ भित्र महासंघमा पठाउनुपर्ने पनि महासंघले बताएको छ । यस्तै, वस्तुगत संगठन, प्रदेश, जिल्ला स्थानीय तह, कर्पोरेट परिषद, आयोग र विभागबाट चुनिएका प्रतिनिधिको विवरण फागुन २८ गतेभित्र महासंघ केन्द्रीय कार्यालयमा पठाई सक्नुपर्ने र यो मितिमा विवरण नपठाएमा महासंघको महाधिवेशनमा प्रतिनिधिको रुपमा सहभागी हुन नपाइने समेत महासंघले जनाएको छ ।
यसअघि नवलपुरको गैंडाकोटमा बसेको महासंघको विस्तारित बैठकले चैतको ८ र ९ गते काठमाडौँमा महाधिवेशन गर्ने मिति तोकिसकेको छ ।
Comments are closed.