पोखरा । सर्वेश्वर व्यवसायी समिति चिप्लेढुंगा पोखराले सञ्चालन गरेको निःशुल्क भाग्यशाली उपहार योजनाको भाग्य चिट्ठा खोलिएको छ ।
नेपालीको महान चाडपर्व बडादशैं, तिहार, नेपाल सम्वत र छठ पर्वको अवसरमा ३ महिना लामो अवधी राखेर समितिले सञ्चालन गरेको निःशुल्क भाग्यशाली उपहार योजनाको शनिबार समितिको साधारण सभा तथा वनभोज कार्यक्रमको अवसरमा खोलिएको हो ।
सो उपहार योजना भाग्य चिट्ठामा पोखरा–१६ लामाचौरकी रिना बस्नेतले सामान खरिदमा प्राप्त गरेको ५९१५३ नम्बरको कुपनले प्रथम उपहार जित्न सफल बनिन् । उनले प्रथम उपहार स्वरुप स्कुटर प्राप्त गरेको समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)ले जानकारी दिए ।
त्यस्तै, लक्की ड्रबाट तनहुँ म्याग्दे गाउँपालिकाकी मेनुका पौडेलले सामान खरिदमा पाएको १९०३४ नम्बरको कुपनले द्वितीय उपहार प्राप्त गर्दै ल्यापटप जितेकीछिन् । यसैगरी, पोखराका समीर कोइरालाले सामान खरिदमा पाएको २३९८३ नम्बरको उपहार कुपन तेश्रो हुँदै मोवाइल र पोखरा–४ गैह्रापाटनका सौगात पाण्डेले प्राप्त गरेको ४६८३७ नम्बरको उपहार कुपन चौथो हुँदै साइकल उपहार जित्न सफल भएका छन् ।
यसैगरी पोखरा सेदीकी सृजना कँडेल (कुपन नम्बर १३६६०), स्याङ्जा पुतलीबजार–११ की पूजा पौडेल (कुपन नम्बर २०६६४, ज्योति साहले (कुपन नम्बर ४४०४८) र पर्वत कुस्माकी गीता पुन (कुपन नम्बर १६३१८) ले सान्त्वना उपहार जित्न सफल भएका छन् । सान्त्वना उपहार जित्ने ४ जनालाई नगद ५/५ हजार पुरस्कार रहेको अध्यक्ष थापाले जानकारी दिए ।
बिजेतालाई सर्वेश्वर मार्ग–पराजुली मार्गमै बोलाएर एक कार्यक्रम गरेर उपहार प्रदान गरिने समितिका सचिव विशाल अधिकारीले बताए । सर्वेश्वर व्यवसायी समिति पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीको छाता संस्था हो ।
Comments are closed.