चितवन । नेपालका लागि सेरेस र नामी इभी ब्रान्डको आधिकारिक वितरक एमएडब्लु वृद्धिले चितवनलाई लक्षित गरेर यो क्षेत्रकै सबैभन्दा ठूलो ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ गर्ने भएको छ ।
एमएडब्लु वृद्धिले चितवनस्थित भरतपुर सिमटी रिसोर्टमा २१ माघदेखि २३ गतेसम्म तीनदिने ‘एक्सचेन्ड एन्ड टेस्ट ड्राइभ क्याम्प’ को आयोजना गर्न लागेको हो । योे मेलामा इभी किन्न चाहने चितवनका ग्राहकले सेरेसमा र नामी इभी किन्दा ७ किलोवाटको चार्जर फ्रि पाउन सक्नेछन् ।
साथै, ग्राहकले अभुतपूर्व ‘एक्सचेन्ज भ्यालु’ र एमएडब्लु वृद्धिबाट बेजोड ‘एक्सचेन्ज बोनस’ को फाइदा उठाउँदै नयाँ पुस्ताको इलेक्ट्रिक खरिद गर्न सकिने कम्पनीले बताएको छ । यसका अलावा ग्राहकले हरेक टेस्ट ड्राइभ र आफ्नो पुरानो गाडीको मूल्याङ्कनमा आकर्षक उपहार पाइनेछ । ‘अनस्पट फाइनान्सिंग’ को व्यवस्था पनि गरिएको छ । साथै, सेरेस र नामीलाई आकर्षक ब्याजदरमा घर लान सकिने अवसर छ ।
यी अफरबाहेक एक्सचेन्ज क्याम्पमा आएर फ्युचरिस्टिक डिजाइन र फिचरले भरिएका नामी र सेरेसको टेस्ट ड्राइभ गर्नेले ‘फुडस्टल’ को मज्जा लिन सकिन्छ । एमएडब्लु वृद्धिले एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्पअघि नामीको क्षेत्रीय लन्च पनि गर्ने योजना बनाएको छ ।
Comments are closed.