काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार ९०० ले बढेर रु १ लाख ६४ हजार ७०० कायम भएको छ ।
आज चाँदीको मूल्य प्रतितोला रु २० ले बढेर रु १ हजार ९३० कायम भएको जनाइएको छ । सोमबार सोही परिमाणको चाँदी रु १ हजार ९१० मा कारोबार भएको थियो ।




Comments are closed.