जावलाखेलमा जुत्ताचप्पल व्यापार मेला शुरु

ललितपुर । ललितपुरको जावलाखेलमा जुत्ताचप्पल व्यापार मेला शुरु भएको छ । जावलाखेलको सदर चिडियाखाना अगाडीको फुटबल खेलमैदानमा मेला लागेको छ ।

अहिले बजारमा आएका नयाँ मोडेलका जुत्ताचप्पल बिक्रीका लागि मेलामा राखिएको आयोजकको भनाइ छ । विभिन्न स्वदेशी कम्पनीबाट उत्पादन गरेका जुत्ताचप्पल प्रदर्शनीमा उपलब्ध छन् ।

एउटै छानामुनी शिखर शू, रन शू, सिल्स शुज, बोस शुज, स्वदेश प्राइड, आइडल शुज, भेनस शुज, शु ल्याण्ड, बेली, हाइलाइफ र डिजे कलेक्सनका जुत्ताचप्पल बिक्रीका लागि राखिएको छ ।

ग्राहकलाई ५० प्रतिशतसम्मको छुट दिइएको छ । छुटसहित सुपथ मूल्यमा जुत्ता चप्पल पाइने भएपछि ग्राहकको आकर्षण बढ्ने आयोजकको विश्वास छ । मेला यही माघ २१ गतेबाट शुरु भइरहेको छ ।

You might also like

Comments are closed.