सुशीला रेग्मी/रामपुर (पाल्पा) । कृषि तथा पशुपंक्षीपालनमा राम्रो व्यवसाय गर्ने किसानलाई प्रोत्साहन गर्दै पुरस्कृत तथा सम्मान गरिएको छ । किसानले गर्दै आएका व्यवसायको आधारमा उत्कृष्ट छनौट गरी पुरस्कृत गरिएको हो ।
रामपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित चौथो रामपुर महोत्सव तथा व्यापार मेलाको अवसरमा प्रदर्शनीमा उत्कृष्ट वस्तु र नगरभित्र व्यवसायिक रुपमा कृषि तथा पशुपालनमा आबद्ध किसानलाई एकैसाथ छनौट गरी पुरस्कृत तथा सम्मान गरिएको कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले जानकारी दिएका छन् ।
प्रदर्शनीमा पशुपालनतर्फ गाईभैसीपालनमा रामपुरका प्रथम भैंसीपालक किसान मिना अर्याल, द्वितिय दिपक ढकाल, तृत्तीय नारायणप्रसाद भट्टराई, बंगुरपालनमा प्रथम नमनाथ कुमाल, द्धित्तिय गोविन्दबहादुर कामी र तृत्तीय अनिता हमाल हुनुभएको छ भने बाख्रापालनतर्फ प्रथम नारायणप्रसाद भण्डारी, द्वितिय तुलबहादुर मल्ल र तृत्तीय लिलाबहादुर श्रेष्ठ र मुकुन्दराज पोखरेल सान्त्वना भएका छन् ।
यस्तै तुलबहादुर थापालाई उत्कृष्ट पशुपंक्षीपालकको रुपमा पुरस्कृत गरिएको छ । प्रतियोगीतामा प्रथम, दित्तिय, तृत्तीय र सान्त्वना हुने किसानलाई क्रमशः नगद रु तीन हजार एक सय, दुई हजार एक सय, एक हजार पाँच सय र एक हजार साथमा प्रमाणपत्र प्रदान गरिएको छ । उत्कृष्ट हुन सफल कृषकले भने रु दुई हजार पाँच सयसहित प्रमाण पत्र प्राप्त गरेका छन् ।
प्रदर्शनीको कृषितर्फ फलफूल तथा नर्सरी विद्यामा रामपुरका दिलबहादुर थापा उत्कृष्ट भएका छन् । तरकारीबालीमा निस्दी २ का यमबहादुर मश्राङ्गीको गोलभेँडा प्रथम, रामपुरका शिव बस्यालको मुला द्वितीय, दासीकुमारी सुनारीको कृषि उपज तृत्तीय र गिता भट्टराई, चित्रा देवकोटा, सावित्रा पंगेनी, सुन्दरप्रसाद देवकोटाले उत्पादन गरेको कृषि उपज सान्त्वना भएको छ ।
मसला बालीतर्फ प्रथम रामपुरकै जितादेवी नेपालीको बेसार, द्वितीय मणिराम अधिकारीको धनियाँ र तृत्तीय गंगा बस्यालको सोँफ भएको छ । गानो तथा आलुबालीमा प्रथम दिल्लीमायाँ पोखरेलको तरुल, द्वितीय निस्दी–१ बाकामलाङ्का दानबहादुर रजालीको पिँडालु, तृत्तीय रामपुरकै कमला रेग्मीको जनकदेव आलु, सान्त्वना नन्दबहादुर कुमालको चुल्ठे तरुल र सीता भट्टराईको पिँडालु, घनश्याम बस्यालको कृषि उपज भएको छ ।
फलफूलतर्फ प्रथम रामपुरकी भिमा ढकालको केरा, द्वितीय पशुपति रेग्मीको रुख बयार, तृत्तीय सिजन रेग्मीको इमिली, सान्त्वनामा खड्गबहादुर साठीघरेको सुन्तला, गिता खनालको उखु र विष्णुमाया ढकालको केरा भएको छ । कृषितर्फ उत्कृष्ट हुने किसानलाई नगद दुई हजार पाँच सय, प्रथम, दित्तिय, तृत्तीय र सान्त्वना हुनेलाई क्रमशः नगद दुई हजार पाँच सय, दुई हजार एक सय, एक हजार पाँच सय र एक हजार सहित प्रमाणपत्र पुरस्कार प्रदान गरिएको छ ।
रामपुर नगरका प्रत्येक वडाका ३/३ जना गरी ३० जना कृषकलाई सम्मान गरिएको छ । निरन्तर व्यवसायिक कृषिमा लागेका कृषकलाई वडाका जनप्रतिनिधिको सिफारिसमा उत्कृष्ट छनौट गरिएको किसानलाई नगद रु एक हजार सहित प्रमाणपत्रले सम्मान गरिएको हो ।
वडा नं १ मा यमबहादुर श्रेष्ठ, सुदिप सिंह ठकुरी र दुर्गाबहादुर मल्ल, वडा नं २ मा मिनबहादुर थापा, दानबहादुर थापा र रामबहादुर थापा, ३ नम्वर वडामा उदय खनाल, कुलप्रसाद घिमिरे र ज्ञानुमाया थापा, ४ मा बाछादली मिया, शेरबहादुर राना र मनबहादुर राना, ५ मा एकराज गौतम, अग्नी रेग्मी र शशिराज डोटेल उत्कृष्ट कृषकको रुपमा छनौट भई सम्मानित भएका छन् ।
यस्तै वडा नं ६ मा तुल्सी भण्डारी, दुल्लभ पोखरेल र गिता घिमिरे, ७ नम्वर वडाबाट भविश्वर पाठक, अम्बिका ढकाल र शालिकराम (जानकी) भट्टराई, ८ मा राजेश सेन ठकुरी, छमबहादुर हिटान र पदमराज खनाल, ९ नम्वर वडामा जितबहादुर दिशा, प्रकाश श्रेष्ठ र झपिन्द्र साठीघरे, १० मा जनार्दन पन्त, रोमादेवी सारु र यमबहादुर सारु उत्कृष्ट भई पुरस्कृत तथा सम्मानित भए ।
रामपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल, कृषि शाखा प्रमुख नारायणप्रसाद गैरे, रामपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रुद्रनारायण श्रेष्ठ, कृषि, पशुपंक्षी तथा स्थानीय उत्पादन प्रवद्र्धन उपसमितिका संयोजक सुर्यप्रसाद रेग्मीले नगदसहित किसानलाई प्रमाणपत्र हस्तान्तरण गरेको कार्यक्रमको सञ्चालन रामपुर उद्योग वाणिज्य संघका सल्लाहाकार एवं प्रमाणपत्र छपाई तथा प्रकाशन उपसमितिका संयोजक लेखनाथ शर्मा मरासिनीले गरेका हुन् ।
Comments are closed.