नेपालको कृषि क्षेत्र सुधार गर्न द कोका–कोला फाउण्डेशनको सहयोगमा नयाँ पहल

काठमाडौं । द कोका–कोला फाउण्डेशनको साथमा सहारा नेपाल र वराहा क्लाइमेटएजी प्रा.लि.ले नेपालको कृषि क्षेत्रलाई मजबुत बनाउने र जलवायु प्रतिरोधात्मक क्षमता प्रवद्र्धन गर्ने उद्देश्यले वृक्षरोपण कार्यक्रम सुरु गरेको छ ।

“स्ट्रेन्दनिङ रिजेनेरेटिभ हर्टिकल्चर एण्ड एग्रोफरेस्टी इन नेपाल” नामक मुख्य परियोजना अन्तर्गत यो पहल सुरु गरिएको हो, जसले मुख्यतः कृषिसम्बन्धी चुनौतीहरूको समाधान र जमिनको उत्पादनमा वृद्धि गर्दै स्थानीय कृषक समुदायलाई सहयोग पु¥याउने लक्ष्य राखेको छ ।

काठमाडौंमा आयोजना गरिएको यस कार्यक्रममा प्रतिनिधि सभा सभामुख देवराज घिमिरे, गृहमन्त्री रमेश लेखक, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीसहित विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरू, वातावरणविद् र साझेदार संस्थाका प्रतिनिधि सहभागी थिए । नेपालको कृषि क्षेत्रले जलवायु परिवर्तन र घट्दो उत्पादकत्वका कारण धेरै चुनौतीहरू सामना गरिरहेको छ ।

जलवायु परिवर्तनले अनियमित वर्षा, पानीको अभाव र चरम मौसमी प्रतिकुलता जस्ता समस्याले स्थितिलाई झनै गम्भिर बनाएको छ । यी चुनौतीको समाधान गर्न यस परियोजनाले बगैंचा प्रणाली र कृषि वन प्रणालीलाई प्रवद्र्धन गर्दै उत्पादन वृद्धि र कृषकको आम्दानी बढाउने लक्ष्य लिएको छ । यो कार्यक्रममा बगैंचासम्बन्धी प्रविधिक तालिमहरू प्रदान गरिनेछ । जसले कृषकलाई माटोको स्वास्थ्य सुधार, पानीको प्रभावकारी व्यवस्थापन र बालीको विविधिकरण गर्न सहयोग पु¥याउनेछ ।

द कोका–कोला फाउण्डेशनका प्रेसिडेन्ट कार्लोस पागोआगाले द कोकाकला फाउण्डेशनले दीर्घकालीन वातावरणीय र आर्थिक उन्नतिका परियोजनामा लगानी गर्दै आएको बताए । वृक्षारोपण कार्यक्रमको पहिलो चरण अन्तर्गत कञ्चनपुर, कैलाली, झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिराहा, सर्लाही, महोत्तरी र पर्सामा सञ्चालन हुनेछ । त्यस्तै दोस्रो चरणमा कर्णाली प्रदेशका जुम्ला र कालिकोट जिल्लामा वृक्षारोपण विस्तार हुनेछ ।

यस पहलमार्फत हजारौं कृषकहरूले फलफूल उत्पादन वृद्धि, बाली विविधिकरण, माटोको स्वास्थ्य सुधार, पानी संरक्षण, रोग नियन्त्रण र आम्दानीका अतिरिक्त अवसरहरू प्राप्त गर्नेछन् । कृषि वन प्रणालीलाई समावेश गर्दै यस परियोजनाले वातावरण संरक्षण र आउँदो पुस्ताका लागि जमिन व्यवस्थापनमा योगदान पु¥याउनेछ । साथै, यस परियोजनाले कार्बन क्रेडिट प्रणालीको पनि समावेश गर्दै कृषकलाई जलवायु परिवर्तन न्यूनीकरणमा योगदान दिनुका साथै थप आम्दानीका अवसरहरू पनि प्रदान गर्नेछ ।

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले यो पहलले नेपालको कृषि र वातावरणीय चुनौतीहरूको समाधानमा महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने मैले विश्वास लिएको बताए । पुनरुत्पादक वृक्षरोपण प्रविधि अपनाएर हामीले यस परियोजना मार्फत कृषकको जीवनस्तर सुधार गर्नुका साथै भूमिको दिगोपना बढाउन र जलवायु परिवर्तनको सामना गर्न सहयोग पु¥याउने उनले जनाए ।

सहारा नेपालका चेयर पर्सन भरतकुमार गिरीले यस पहलमार्फत कृषकलाई दिगो कृषि अभ्यासमा सशक्त बनाउँदै उत्पादनशीलता वृद्धि गर्नुका साथै वातावरणीय संरक्षणमा पनि सहयोग पु¥याउने बताए । त्यसैगरी वराहा क्लाइमेटएजी प्रालिका प्रतिनिधि कौशल बिष्टले कृषि वन प्रणाली र कार्बन क्रेडिट प्रणालीलाई एकीकृत गर्दै हामी यस्तो मोडेल सिर्जना गरेर कृषकलाई आर्थिक वृद्धिका साथै जलवायु प्रतिरोधात्मक क्षमता निर्माणमा पनि सहयोग पु¥याउने जनाएका छन् ।

द कोका–कोला फाउण्डेशनले नेपालमा वातावरण संरक्षण, पानी व्यवस्थापन, विपद् राहत र आर्थिक विकासमा केन्द्रित विभिन्न पहलहरू गर्दै आएको छ । यो वृक्षारोपण कार्यक्रम फाउण्डेशनको समुदायमा दीर्घकालीन परिवर्तन सिर्जना गर्ने प्रतिबद्धताको अर्को एक उदाहरण हो ।

 

 

You might also like

Comments are closed.