नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले मनायो १२ औँ स्थापना दिवस

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले १२ औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसर पारेर महासंघको नवनिर्मित सचिवालय उद्घाटन गरिएको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनारको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि वन तथा वातावरण मन्त्रालयका राज्यमन्त्री रुपा विकले गरेकी हुन् । उनले महासंघले विगत १२ वर्षमा पु¥याएको योगदानको प्रशंसा गर्दै भविष्यमा अझ प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा महासंघको १२ वर्षको यात्रा, उपलब्धि, चुनौती तथा भावी योजनाका बारेमा छलफल भएको छ । महासंघलाई अझ व्यवस्थित तथा प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको महासंघका अध्यक्ष किसान सुनारले बताए ।

कार्यक्रममा महासंघका संस्थापक सदस्य, पदाधिकारी एवम् कार्यसमिति, सल्लाहकार, विज्ञ, आवद्ध सदस्य, संघका अध्यक्ष, प्रतिनिधि लगायत सरोकारवाला सहभागी थिए ।

 

 

 

You might also like

Comments are closed.