सुनको मूल्य बढ्दा चाँदीको घट्यो

काठमाडौं । सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रू ६ सय बढेको हो ।

सोमबार प्रतितोला रू १ लाख ६९ हजार ६ सयमा कारोबार भएको सुन आज प्रतितोला रू १ लाख ७० हजार २ सय निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य भने प्रतितोला रू ३० घटेको छ । आज चाँदीको मूल्य प्रतितोला रू १ हजार ९४५ निर्धारण गरिएको छ ।

 

You might also like

Comments are closed.