काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको १२ औँ बार्षिक साधारणसभा बुधवार धुम्बाराही काठमाडौंमा सम्पन्न भएको छ । धुम्रबाराह भेन्युमा कम्पनीका अध्यक्ष विजयमान शेरचनको अध्यक्षतामा सभा भएको हो ।
बार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन पारित गरेको छ । त्यसैगरी सभाबाट आर्थिक वर्ष ०८०/८१ को लेखापरीक्षण प्रतिवेदन सहितको वासलात तथा नाफा नोक्सान हिसाव पारित गरेको छ ।
सभाबाट आर्थिक वर्ष ०८१/८२ को लागि लेखापरीक्षकको नियुक्त तथा पारिश्रमिक निर्धारण, साभाबाट सञ्चालक दिनेशप्रसाद श्रेष्ठ र बिनोद थकालीको ठाउँमा भरत लामिछाने थापालाई र तारादेवी श्रेष्ठलाई अनुमोदन गरिएको छ ।
साथै कम्पनीले रिक्त रहेको स्वतन्त्र सञ्चालकमा उदेन शाक्यको नियुिक्तलाई पनि सभाले अनुमोदन समेत गरेको छ । साधारणसभामा शेयरधनीले आफ्नो भनाइ राखेका छन् ।
Comments are closed.