तोलामा २३ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला रु २ हजार ३०० ले बढेको हो ।

बुधबार प्रतितोला सुन रु १ लाख ६७ हजार ५०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु १ लाख ६९ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला रु ३५ ले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु १ हजार ९६५ निर्धारण गरिएको छ ।

You might also like

Comments are closed.