भद्रपुर (झापा) । यहाँस्थित भूमिसुधार तथा मालपोत कार्यालयले चालु आर्थिक वर्षको ७ महिनामा रु ४४ करोड ५७ लाख ३७ हजार ४५१ राजस्व सङ्कलन गरेको छ । प्रमुख मालपोत अधिकृत राजेशप्रसाद पोखरेलका अनुसार ७ महिनामा १७ हजार ५६९ रजिष्ट्रेसन पारित भएका छन् ।
यसैगरी मृत्युपछिको नामसारी ५६७, घर कायम ५८७, हाल साबिक अद्यावधिक ९८९, दाखिला खारेज १७१, संशोधन ९१४, मोही बाँडफाँट ११, मोही नामसारी ९ र ३७० जनाको मोही लगत कट्टा भएको छ ।
प्रमुख पोखरेलले आर्थिक मन्दीका कारण घरजग्गा कारोबारमा उल्लेखनीय वृद्धि हुन नसकेकाले त्यसको प्रभाव राजस्व सङ्कलनमा परेको बताएका छन् । उक्त कार्यालयले आव २०८०/८१ मा रु ८० करोड ५८ लाख १४ हजार ५९२ राजस्व सङ्कलन गर्दा ३६ हजार ८७५ थान रजिष्ट्रेसन पारित भएका थिए । रासस
Comments are closed.