काठमाडौं । लायन्स क्लब अफ काठमाडौं अटो सोसियल फ्रेन्डसले आफ्नो चार्टर डे सेलेब्रेसन गरेको छ । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपाल अन्तर्गत रहेको क्लबले काठमाडौंको गोंगबुस्थित हिमालयन वृद्धाश्रममा रहेका ५५ जना वृद्धवृद्धालाई भोजन सेवा प्रदान गरी चार्टर डे मनाएको हो ।
कार्यक्रममा डिष्ट्रिक्ट ३२५ जे नेपालका चिफ एडभाईजर लायन कुशप्रसाद मल्ली, पिआरओ इन चिफ लायन रामराजा थापा, कम्युनिकेसन चिफ लायन अमरज्योति रञ्जित जिएमटी कोअर्डिनेटर लायन अक्षकुमार गौतम, डिष्ट्रिक्ट चिफ लायन पुरुषोत्तम बस्नेत, बागमती एरिया सेक्रेटरी लायन सन्तोष घिमिरे सहभागी थिए ।
साथै रिजन चियरपर्सन तथा क्लबका चार्टर प्रेसिडेन्ट लायन रोशनकुमार श्रेष्ठ, जोन चियरपर्सन लायन निरन्जन रिसाल लगायतका क्लबका अन्य पदाधिकारी तथा सदस्यहरु लगायत सहयोगी महिला जागरण संस्थाकी अध्यक्ष राधा श्रेष्ठको उपस्थिती रहेको क्लबका प्रेसिडेन्ट लायन बिकल श्रेष्ठले जानकारी दिए ।
Comments are closed.