बजाज एन २५० को लन्चसँगै स्पीड फेस्ट २०२५ सम्पन्न

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो बाइक उत्सव स्पीड फेस्ट २०२५ एलिस रिसेप्सन बालुवाटारमा सम्पन्न भएको छ । मोटरसाइकल प्रेमीको उत्साहजनक उपस्थिति रहेको यस इभेन्टमा ७० भन्दा बढी सुपरबाइक प्रदर्शनी, ग्रान्ड बाइक ¥याली, टेस्ट राइड सेसन, नेपालका चर्चित ब्याण्डहरू द एलिमेन्टस् र रकहेड्स को प्रत्यक्ष सांगीतिक प्रस्तुति लगायत विभिन्न रोमाञ्चक कार्यक्रमहरू समावेश थिए ।

फेस्टमा बजाजको एन २५० मोडल लन्च गरिएको थियो, जसले इभेन्टमा थप आकर्षण थपेको बताइएको छ । त्यसैगरी यस वर्षको स्पीड फेस्टमा हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिद्वारा वितरित बजाज, केटिएम डुक, र ट्रायम्फ ब्रान्डका मोटरसाइकलको विशेष सहभागिता रहेको थियो ।

बजाज एन २५० को भव्य लन्च स्पीड फेस्ट २०२५ को प्रमुख आकर्षण बन्न सफल रहेको छ । यो मोटरसाइकलमा पावर, आधुनिक प्रविधि र परिष्कृत डिजाइनको उत्कृष्ट संयोजन छ । बजाज एन २५० मा २४.५ पिएस पावर दिने २४९ सीसी सिंगल–सिलिन्डर, फ्युल–इन्जेक्टेड, आयल–कुल्ड इन्जिन समावेश गरिएको छ । यसमा डुअल च्यानल एबीएस, सुधारिएको चेसिस, एलईडी हेडलाइट, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र अपग्रेडेड एग्जस्ट सिस्टम रहेको छ, जसले बाइकलाई थप स्टाइलिश र सुरक्षित बनाउँछ ।

बजाज एन २५० को लन्चले बाइकप्रेमीलाई नयाँ प्रविधि र डिजाइनका मोटरसाइकल अनुभव गर्ने अवसर पनि प्रदान गरेको थियो । स्पीड फेस्ट २०२५ ले मोटरसाइकल संस्कृति प्रवद्र्धन गर्न सफल भएको आयोजकले जनाएको छ । हंसराज हुलासचन्द एण्ड कम्पनीले भविष्यमा पनि यसरी नै नेपाली बाइकप्रेमीका लागि नवीनतम प्रविधि र रोमाञ्चक इभेन्टहरू ल्याउने प्रतिबद्धता जनाएको छ ।

You might also like

Comments are closed.