सुनको मूल्य तोलामा १२ सय बढ्यो

काठमाडौं । सुनको मूल्य तोलामा १२ सय बढेको छ ।

आइतबार प्रतितोला रू १ लाख ६७ हजार ५ सयमा कारोबार भएको सुन आज प्रतितोला रू १ लाख ६८ हजार ७ सयमा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य तोलामा रू १५ बढेको छ । आज चाँदी प्रतितोला रू १ हजार ९७० मा खरिदबिक्री हुनेछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस २ हजार ९ सय अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

You might also like

Comments are closed.