ज्ञानमाला संघ आनन्द विहारद्धारा नेपाल टेलिभिजन सम्मानित

पाल्पा । आज भन्दा ७७ वर्ष अघि वि.सं २००४ सालमा स्थापना भएको पाल्पा जिल्लामा अवस्थित ज्ञानमाला संघ आनन्द विहारले नेपाल टेलिभिजनलाई सम्मान पत्र सहित सम्मान गरेको छ ।

नेपाल टेलिभिजनले नेपाल भाषमा नियमित समाचार प्रारम्भ गरेर राजधानि बाहिर रहेका पाल्पाली सहित समग्र नेवार समुदाय हर्षित, उत्साहित र गौरवान्ति तुल्याएको भन्दै सम्मान गरिएको ज्ञानमाला संघ आनन्द विहारका निर्वतमान अध्यक्ष सरोजलाल शाक्यले बताए ।सम्मानपत्र नेपाल टेलिभिजनका पाल्पा प्रतिनिधि सुनिल कार्की मार्फत हस्तान्तरण गरिएको हो ।

राष्ट्रिय टेलिभिजनका रुपमा स्थापित नेपाल टेलिभिजनले देशका अन्य भाषामा पनि समाचार प्रशारण गरेर समावेशीता र राष्ट्रिय दायित्व निर्वाह गरेकोमा विहार परिवारले धन्यवाद पनि दिएको छ । पश्चिम नेपालकै सबै भन्दा पूरानो र ऐतिहासिक विहारको पहिचान बनाएको ज्ञानमाला संघ आनन्द विहारले जिल्लामा सबैभन्दा पहिला नेपाल भाषा, ज्ञानमाला भजन र बुद्ध शिक्षाको प्रचारप्रसार सुरु गरेको थियो ।

यस विहारले नेपाल भाषाका ज्ञानमाला भजनहरु हरेक वर्ष गुँला धर्म, बुद्ध जयन्ती, हरेक पूर्णिमाका धार्मिक कार्यक्रममा गाउँदै, बजाउँदै सिकाउँदै नेपाल भाषाको संरक्षण, संवद्र्धन र विकासमा टेवा पु¥याउदै आइरहेको विहारका अध्यक्ष उत्पलकुमार बज्राचार्य बताउँछन् । विहारले विगतमा नेपाल भाषाका राष्ट्रिय स्तरका नेपाल भाषा साहित्य सम्मेलन समेत सम्पन्न गरिसकेको छ ।

You might also like

Comments are closed.