काठमाडौं । नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी २०८१ हुने भएको छ । १० औँ संस्करणको रुपमा यहीँ फागुन ८ देखि ११ गतेसम्म काठमाडौंको भृकृटीमण्डपमा प्रदर्शनी हुँदैछ । प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढी ख्याती प्राप्त ब्राण्डका १५० भन्दा बढी स्टल रहनेछन् ।
निर्माण सम्बन्धि उद्योग, कम्पनी, डिलर तथा सब डिलर र बिक्रेताले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनको बारेमा जानकारी गराउने प्रदर्शनी र स्टलहरु रहनेछन् । यस क्षेत्रमा आइरहेका नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि यो प्रदर्शनी बिगत ९ वर्ष देखी कोसेढुङ्गा सावित हुदै आइरहेको छ ।
यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा Construction materials, Chemicals, Construction Machinery, Pre-fab Structures, UPVC Windows Machinery, UPVC Profile, Doors and Windows, Architectural Hardware, Bathroom Fittings, Pipes, Tiles and Sanitary ware, Roofing, Pre Engineering Building, Power Tools, Windows, Concrete Block Machinery Manufacturers, Aluminum Composite Panels, Adhesives हरुको उल्लेखनीय सहभागिता रहने छ ।
मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिले संयुक्त रुपमा विगत ९ वर्ष देखि आयोजना गर्दै आइरहेको प्रदर्शनी यो वर्ष विशेष हुनेछ । यो प्रदर्शनीमा निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरु र नविनतम् प्रविधि प्रमुख आकर्षणको रुपमा रहनेछ । यस प्रदर्शनीले नेपालमा उत्पादन भइरहेका सामाग्री र प्रविधिलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म लैजान सहयोग पुग्नेछ ।
प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका दिग्गज आर्कीटेक्ट, इन्जिनियरस्, कन्ट्रयाक्टर, विल्डर, इन्टीरीयर डिजाइनरको उल्लेख्य सहभागिता रहनेछ । साथै नीजिघर बनाउन चाहने, व्यापारिक कम्प्लेक्स, व्यावसायिक भवन बनाउने व्यतिm तथा संस्था सार्थ आम नागरिकको बढी भन्दा बढी सहभागिता रहनेछ ।
साथै यस प्रदर्शनीको टाईटल स्पोन्सर लुम्बिनी सेरामिक्स (लामिनार टायल्स) रहेको छ । सहयोगी संस्थाहरु Federation of Contractors Association of Nepal (FCAN), Society of Consulting Architectural and Engineering Firms (SCAEF), Society of Nepalese Architects (SONA) तथा Interior Designers Association of Nepal (IDEA) रहेको यो प्रदर्शनी ४ दिनसम्म चल्नेछ भने प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
Comments are closed.