नेपालगञ्जदेखि गाभर उपत्यकासम्म रोयल इनफिल्ड महा–राइड सम्पन्न

नेपालगञ्ज । पर्यटन प्रवद्र्धनलाई नयाँ उचाइ दिन नेपालगञ्जमा रोयल इनफिल्ड महा–राइड सम्पन्न गरिएको छ । रोयल इनफिल्ड शोरूम नेपालगञ्जबाट सुरु भएको यो साहसिक यात्रा नेपालगञ्ज सिटी टुर गर्दै गाभर उपत्यकासम्म पुगेर सम्पन्न भएको छ ।

यस रोमाञ्चक यात्रामा ७५ भन्दा बढी रोयल इनफिल्ड राइडर्सहरु सहभागी भएका थिए । कार्यक्रमका प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारीे खगेन्द्रप्रसाद रिजाल, नेपाल प्रहरी (जनपथ)का प्रहरी उपरीक्षक तुलबिक्रम कार्की, शसत्र प्रहरी बलका प्रहरी उपरीक्षक शोभाकान्त खनाल सहभागी थिए । कार्यक्रममको झण्डोत्तोलन नगर प्रमुख बिष्ट र प्रमुख जिल्ला अधिकारी रिजालले गरेका हुन् ।

यात्रालाई थप विशेष बनाउन महिला राइडर तथा प्रोफेसनल बाइक राइड प्रशिक्षक शीतल गिरी काठमाडौंबाट सहभागी भएकी थिइन् । साथै चर्चित भ्लगर विशाल थापा र सुप्रिम भ्लग पनि यो यात्राको हिस्सा बनेका थिए । नेपालगञ्ज शहरको सुन्दर टुर पश्चात राइडरहरू गाभर उपत्यका पुगेका छन् । यात्राले मोटरसाइकल पर्यटनलाई प्रवद्र्धन, स्थानीय संस्कृति र प्राकृतिक सौन्दर्यलाई समेत उजागर गरेको छ ।

यात्राको थप आकर्षण थियो रोयल इनफिल्ड बाइक म्युजिकल चेयर प्रतियोगिता, जसमा राकेश (रकी)ले जित हासिल गरेका थिए । कार्यक्रमको अन्तिम चरण नेपालगञ्ज शोरूममा समापन गरीयो, जहाँ सहभागीमध्ये सबैभन्दा अनुशासित र मैत्री रोयल इनफिल्ड राइडर दशरथ चन्द लाई सम्मान प्रदान गरिएको छ ।

यस भव्य महा–राइडले नेपालगञ्ज र गाभर उपत्यकाको पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ । रोयल इनफिल्डका उत्साही राइडरहरू आगामी यात्रामा अझ उत्साहित हुँदै सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गर्दै अन्तत आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

 

You might also like

Comments are closed.