पोखरा । बुद्व विशाल बजार व्यापारिक एशोसियसन पोखरा ४ ले प्रजातन्त्र दिवसको उपल्यक्ष्यमा एशोसियसनको लोगो अंकित झण्डा र राष्ट्रिय झन्डा झण्डोत्तलन गरेको छ । बुद्व विशाल बजार व्यापारिक एशोसियसनका मानार्थ सदस्य तथा उच्च स्तरीय समन्वय समितिका संयोजक केशवबहादुर खत्रीले फागुन ७ गते प्रजातन्त्र दिवसको दिन सम्पुर्ण नेपालीको लागी विशेष दिन भएको बताउदै नेपाली झन्डाको बिशेष ईतिहास रहेको बताए ।
खत्रीले यस कार्यक्रमलाई आफू एशोसियसनको नेत्रित्वमा हुदा नै वार्षिक रूपमा नै मनाउदै जाने निर्णय गरिएको बताउँदै खत्रीले अहिलेको आर्थिक मन्दीको विषम परिस्थितिमा आफ्नो व्यवसाय टिकाउनु नै व्यवसायीको अहिलेको मुख्य चुनौती रहेको बताए । खत्रीले अहिलेको अवस्थामा भइरहेको भाडामा सकिन्छ घटाएर नत्र यथास्थितिमा राखेर व्यवसाय बचाउनको लागी घरधनीलाई आग्रह गरे ।
कार्यक्रममा बुद्व विशाल बजार व्यापारिक एशोसियसनका सल्लाहकार माधव सिग्देलले बुद्व विशाल बजारका व्यवसायीको लागी पनि आजको दिन एतिहासिक भएको हुदा व्यापारिक एशोसियसनको लोगो अंकित झण्डा र राष्टिय झन्डा झण्डोत्तलन गरिएको बताए । बुद्व विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष ईन्द्रराज अर्यालको अध्यक्षतामा भएको हो । एशोसियसनका उपाध्यक्ष बुद्विबहादुर कुँवरले स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन महासचिव राजु केसीले गरेका हुन् ।
सो अवसरमा एशोसियसनका कार्यसमिति सदस्य ईन्द्रमाया गुरूङले स्वर्गीय ससुराबुबा शेरबहादुर गुरूङको स्मृतिमा एशोसियसनको छात्रवृत्ति कोषको लागि रु ५ हजार अध्यक्ष ईन्द्रराज अर्याललाई हस्तान्तरण गरिन् । गुरूङले हरेक फागुन ७ गते प्रजातन्त्र दिवसको उपल्ययक्ष्यमा स्वर्गीय ससुराबुबाको स्मृतिमा एशोसियसनको छात्रवृत्ति कोषमा रकम प्रदान गर्दै आएकीछिन् ।
Comments are closed.