काठमाडौं । मनकामना हार्डवेयर एण्ड सप्लायर्स प्रालि बनेपाको अर्काे एउटा नया शाखा सतुंगल आज शुभारम्भ भएको छ । कार्यक्रमका प्रमुख अतिथि शंकर ग्रुप नेपालका अध्यक्ष शंकरलाल अग्रवालले रिवन काटेर शुभारम्भ गरेका हुन् । मनकामना हार्डवेयर तथा सप्लायर्सका सञ्चालक रामप्रसाद झाङ र सज्जन अग्रवालले नेपालको उद्योग तथा व्यवसायिक प्रतिष्ठानमा पुर्याएको उच्च योगदानको कदर गर्दै प्रमुख अतिथि अग्रवाललाई सम्मानपत्रका साथमा अभिनन्दन समेत गरेका छन् ।
कार्यक्रममा अम्बे स्टील्स प्रालि., अम्वे सिमेन्ट, अर्घाखाची सिमेन्ट, बृज सिमेन्ट, अशोक स्टील्स ईन्डस्ट्रिज, नारायणी स्टील्स, राजेश हार्डवेयर, गोयल स्टील्स, ह्वासिन सिमेन्ट, होङसी सिमेन्ट, हुलास स्टील्स, हुलास वायर ईन्डस्ट्रिज, जगदम्वा प्लास्टिक, जगदम्वा ईन्टरप्राईजेज, स्वस्तिक रोलिङ मिल्स प्रालि., हुलास आईरन, मारूती सिमेन्ट, सिद्धिलक्ष्मी स्टिल्स प्रालि, राजेश मेटल क्राफ्ट, पाल्पा सिमेन्ट, लक्ष्मी स्टिल, सर्बाेत्तम सिमेन्ट, शुभश्री जगदम्बा सिमेन्ट, प्रिमियम स्टील, गोयंका स्टिल, युनाईटेड सिमेन्ट लगायतका अन्य विभिन्न उद्योगका प्रमुख र प्रतिनिधि तथा निमार्ण क्षेत्रसंग सम्बन्धित व्यवसायी सहभागी थिए ।
मुख्य कार्यालय बनेपा रहेको मनकामना हार्डवेयर एण्ड सप्लायर्स प्रालिले बनेपा, भकुण्डे, सिन्धुली, बर्दिबास, नारायणगढ र थली काठमाडौंबाट आफ्नो व्यवसाय गर्दै आएको छ । आजबाट काठमाडौंको थलि र सतुंगल गरी दुईवटा शाखाबाट व्यवसाय शुरु भएको छ ।मनकामना हार्डवेयरका सञ्चालक रामप्रसाद झाङले आजबाट काठमाडांै, भक्तपुर, धादिङ, नुवाकोट आधार मानेर त्यहाका हार्डवेयर तथा निर्माण व्यवसायीलाई सुलभ र सहजताको लागि यो ब्रान्च सुरू गरिएको जानकारी दिए ।
सञ्चालक सज्जनकुमार अग्रवालले शाखा बिस्तारले काठमाडौं आसपासका ग्राहकलाई अत्यन्त सहज र सजिलो हुने बताए । बागमती प्रदेश, मधेस प्रदेश र गण्डकी प्रदेशमा प्रत्यक्ष र देशैभरी सेवा दिदै आएकोमा अब देशका पूर्व र पश्चिमका अन्य शहरमा समेत शाखा बिस्तार गर्दै जाने उनी बताउँछन् । सतुगंल शाखा प्रमूख रोशन पाठकले आजबाट सुरू गरिएको मनकामना हार्डवेयरको सतुंगल शाखालाई माया गरेर सेवा गर्ने अवसर दिन सम्पूर्ण निमार्णसंग सम्बन्धित उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् ।
Comments are closed.