काठमाडौं । मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोनको पहिलो विद्युतीय एसयुभी ईमास–७ नेपाली बजारमा सार्वजनिक भएको छ । प्रोटोनको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले बुधबार एक कार्यक्रम आयोजना गरी गाडी सार्वजनिक गरेको हो ।
प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध सो नयाँ ईभीमा क्रमशः ४९.५२ र ६०.२२ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिउको छ । यसको रेन्ज ३४५ र ४१० किलोमिटर दाबी गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा जीलीको ग्यालेक्सी ई–५ नामले बिक्री हुँदै आएको यस नयाँ कारमा नयाँ पुस्ताको एजिस सर्ट ब्लेड ब्याट्री प्रविधि प्रयोग गरिएको छ, जुन यसअघि प्रयोग गरिने एलएफपी ब्याट्रीभन्दा प्रभावकारी भएको कम्पनीको दाबी छ ।
यसमा विन्डशिल्ड हेड–अप डिस्प्ले, फ्रन्ट भेन्टिलेटेड सिट जस्ता आधुनिक सुविधा उपलब्ध छन् । साथै, १२–इन–१ इलेक्ट्रिक ड्राइभ प्रणाली जडान गरिएको छ, जसले गाडीलाई उच्च कार्यसम्पादन र दक्षता प्रदान गर्ने उल्लेख गरिएको छ ।
आगमी मार्च २१ मा औपचारिक लन्च पश्चात बिक्री सुरु हुने यस कारको मूल्य जगदम्बा मोटर्सले प्राइम भेरिएन्टको ५६ लाख ९९ हजार र प्रिमियम भेरिएन्टको ६७ लाख ९९ हजार निर्धारण गरेको छ । ग्राहकले आजकै दिनदेखी यसको बुकिङ समेत लिन सक्ने जनाइएको छ ।
Comments are closed.