पोखरा । निगाता इन्टरनेशनल ल्याङग्वेज एण्ड ट्रेनिङ इन्स्टिच्युटको आयोजनामा फागुन ९ गते शुक्रवार पोखरामा शैक्षिक मेला हुने भएको छ । १२ औं वार्षिकोत्सवको अवसरमा पहिलो पटक निःशुल्क शैक्षिक मेला हुन लागेको हो ।
जापान, अष्ट्रेलिया, अमेरिका, क्यानडा तथा युके लागतयका देशमा उच्च शिक्षा हाँसिल गर्न जान चाहने विद्यार्थीलाई लक्षित गरी शैक्षिक मेला आयोजना गरिएको इन्स्टिच्युटकी म्यानेजर स्नेहा राईले जानकारी दिइन् । ‘पोखरामा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको निगाता इन्टरनेशनल ल्याङग्वेजलले विद्यार्थीलाई लक्षित गरी निःशुल्क शैक्षिक मेला गर्दैछ, मेलामा सहभागी हुने विद्यार्थीलाई विभिन्न प्याकेजको व्यवस्था गरेका छौं’ उनले भनिन् ।
राईका अनुसार पोखरा महानगरपालिका ९ पृथ्वीचोकस्थित पोखरा मलमा हुने शैक्षिक मेला बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन हुनेछ । मध्यान्ह १२ बजेदेखि दिउँसो १ बजेसम्म जापानमा अध्ययनका लागि जाने विद्यार्थीलाई लक्षित गरी सेमीनार सञ्चालन गर्ने आयोजकले जनाएको छ । यस्तै १ देखि २ बजेसम्म बेलायत (युके) २ देखि ३ बजेसम्म अष्ट्रेलिया जान चाहने विद्यार्थीका लागि सेमीनार सञ्चालन हुनेछ । जापानमा कामदार भिषा (एसएसडब्लु) र जापानमा नै कामदार भिषामा (ब्याचलर कार्यक्रम) विद्यार्थीलाई समेत निःशुल्क परामर्श दिइनेछ ।
मेलामा युनिक्याम्पस ग्लोबल इडु ब्रिज र पोखरा मल बिजनेश एशोसियसनसँग सहकार्य गरेको इन्स्टिच्युटका सञ्चालक किसान सुनारले बताए । उनका अनुसार अनुसार मेलामा सहभागी हुने विद्यार्थीलाई भाषा तयारी कक्षामा ५० प्रतिशत छुट दिइनेछ । जापान जान चाहने विद्यार्थी जो शैक्षिक मेलामा आउनुहुन्छ, उहाँहरुलाई हामीले तयारी कक्षाका लागि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको उनले जनाए ।
पोखरा महानगरपालिका ९ पृथ्वीचोकस्थित पोखरा मलमा पहिलो पटक आयोजना हुन लागेको शैक्षिक मेलाको तयारी तीव्र भइरहेको बजार व्यवस्थापक सुरज अधिकारीले जानकारी दिए । मेला उच्च शिक्षा अध्ययन गर्न विदेश जान चाहनेका लागि उपयोगी हुने आयोजकको विश्वास छ ।
Comments are closed.