काठमाडौं । तौलिहवामा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न भएको छ । तौलिहवाको बुद्ध पद्म माविको खेलमैदानस्थित केदारनाथ अटोमोवाइल्सको आयोजनामा कार्यक्रम भएको हो ।
बजाजको प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न माइलेज च्याम्पियनको आयोजना गरिएको बताइएको छ । माइलेज च्याम्पियनमा प्रशान्त श्रीवास्तवले ९३ किमि प्रति लिटरको प्रभावशाली प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरे । त्यस्तै ८९ किमि प्रति लिटरको प्रदर्शनका साथ अशोककुमार मौर्य दोस्रो स्थानमा र ८७ किमि प्रति लिटरको प्रदर्शन गर्दै साकिर हुसेन तेस्रो स्थान हासिल गरेका छन् ।
यस कार्यक्रमले बजाज प्लाटिनाको इन्धन बचत र भरपर्दो विशेषतालाई झल्काउनुका साथै चालकबीच मैत्रीपूर्ण प्रतिस्पर्धाको भावना प्रवद्र्धन गर्ने विश्वास आयोजकको रहेको छ । माइलेज च्याम्पियनमा सहभागी चालकले न्यूनतम लागतमा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्य सहित प्रतिस्पर्धा गरेका थिए ।
कार्यक्रमले बजाज प्लाटिनाको इन्धन दक्षता र विश्वासनीयतालाई उजागर गर्दै नेपालका बजाजप्रेमी बीचको एकताको भावना विकास गर्ने कम्पनीको दाबी छ । बजाजका मोटरसाइकलहरु मध्येमा पनि प्लाटिना मोटरसाइकल अधिकतम माइलेज दिने मोटरसाइकलमा पर्दछ ।
पछिल्लो समय पेट्रोलियम पदार्थको मुल्यवृद्धि भएसँगै ग्राहकमा यो मोटरसाइकल अत्यधिक लोकप्रिय छ । यो मोटरसाइकलको विशेषता, माइलेजबारे जानकारी दिन यस माइलेज च्याम्पियनको आयोजना गरिएको हो ।
नयाँ पुस्ताले बढी पेट्रोल खर्च गर्ने मोटरसाइकल चलाउने ट्रेण्ड चलिरहेको बेलामा प्लाटिना मोटरसाइकलको बारेमा यस कार्यक्रमबाट ग्राहकलाई जानकारी हुने कम्पनीले जनाएको छ । सहभागी उत्कृष्टलाई पुरस्कृत पनि गरिएको छ ।
Comments are closed.