शुक्रवार सुनको मूल्य तोलाको १ लाख ७० हजार

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलाको रु १ लाख ७० हजार कायम भएको छ ।

बिहीबार प्रतितोला रु १ लाख ७१ हजारमा खरिदबिक्री भएको सुन आज रु १ हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी, चाँदीको मूल्य रू ५ ले घटेको छ । आज चाँदी प्रतितोला रू १ हजार ९९० मा किनबेच हुनेछ । आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔंस सुन २ हजार ९२८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

You might also like

Comments are closed.