पोखरा । नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले २५ वर्ष पुगेको उपलक्ष्यमा रजत जयन्ती मनाउँदैछ । पोखरा महानगरपालिका १४ छिनेडाँडामा अवस्थित यस कलेजले शनिवार बिशेष समारोह आयोजना गरेको छ ।
रजत जयन्तीको अवसर पारेर कलेजले ३ दिवशिय विशेष कार्यक्रम आयोजना गरेको प्रिन्सिपल प्रकाश रेग्मीले जानकारी दिए । कलेजको प्राङ्गणमा एक समारोहका बीच हुने कार्यक्रमको तयारी भइरहेको छ । शुक्रबार कलेजका अध्ययन पूरा गरेर विभिन्न पेशा, व्यवसायमा लागेका पूर्व विद्यार्थीको क्लव स्थापना गरिएको छ । विद्यार्थीले पर्यटनसंबन्धी छलफल पनि चलाएका छन् ।
साथै कलेजमा अध्ययन गरेर विभिन्न क्षेत्रमा रहेर पेशा, व्यवसायमा संलग्न भईरहँदा अहिलेसम्म भोगेका सुख, दुःख र संघर्षका कथाहरु र सफलताका कुराहरू सहभागीले आदानप्रदान गरेका छन् । बिहिबार दिक्षित भएका ११० जना विद्यार्थीलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । उत्कृष्ट अंक ल्याएका ६ जना डिन लिस्टमा अनिशा पौडेल बीबीए, विशाल थापा (बीबीए), प्रजिता खाँड ठकुरी (बीबीए बीआई), निर्मला थापा (बीबीए बीआई), प्रतिक गुरुङ (बीएचएम) र प्रतिक्षा तामाङ (बीएचएम) परेका छन् ।
उनीहरुलाई कलेजका अध्यक्ष अशोक पालिखे, प्रिन्सिपल प्रकाश रेग्मी, भाईस प्रिन्सिपल राजकुमार कार्की, शिक्षक जोकबहादुर थापा, दिनेशकुमार यादब, सुरेसराज अधिकारी, सञ्चालक कर्म गुरुङ, जयराम हमाल, डा.अनिल सुवेदी, कृष्णबहादुर थापा लगायतले बधाई दिदै शैक्षिक प्रमाणपत्र हस्तान्तरण गरेका छन् । अध्यक्ष पालिखेले विद्यार्थीहरु सबैको मानसिकता देशमै बसेर केही गर्छु र म गर्न सक्छु भन्ने सोँचका अगाडी बढ्न अनुरोध गरेका छन् ।
कलेजमा अहिले बीएचएम, बीबीए, बीबीए बीआई, बीबीए फाइनान्स र यो वर्षदेखि इएमबीएको पढाई सुरु भएको उनले बताए । हालसम्म प्लस टु होटल म्यानेजमेन्टमा ८ हजार ५ सय, बीएचएमतर्फ ३ हजार ८०५, बीबीएतर्फ ३ हजार ७५० र बीबीए फाइनान्सतर्फ ३ हजार ५३० जना गरी १९ हजार ५८५ जनाले अध्ययन गरी सकेका छन् ।
सो अवसरमा प्रिन्सिपल रेग्मीले कलेजमा पढाईको साथमा अत्याधुनिक ल्यावमा प्रशिक्षण भइरहेको र अतिरिक्त क्रियाकलापहरु भईरहेका बताए । उनले कलेजमा चाईनिज भाषा सिकेका विद्यार्थीमध्ये चाईनिज एम्बेसिले आयोजना गरेको प्रतियोगितामा एक जनाले प्रथम भएर १ लाख तथा २ जनाले द्धित्तिय भएर समान ५० हजार पुरस्कार पाउन सफल भएको बताए ।
Comments are closed.