नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजको रजत जयन्ती सम्पन्न

पोखरा । नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजको रजत जयन्ती तीन दिवशिय कार्यक्रमका साथ मनाइएको छ । पोखरा १४ छिनेडाँडा अवस्थित यस कलेजको शनिबार रजत जयन्ती मूल समारोहमा मनाइएको हो ।

२५ औं वर्षसम्म निरन्तर कलेजको व्यवस्थापकिय नेतृत्वमा रहेर काम गरेका अध्यक्ष अशोक पालिखेलाई सरप्राईज अवार्ड प्रदान गरिएको छ । कलेज स्थापनाकालदेखि हालसम्म निरन्तर क्रियाशिल रहेका बोर्ड सदस्य जयराम हमाल, कर्म गुरुङ, नारायणप्रसाद द्वा, विनोद वैद्य लगायतलाई सम्मान गरिएको बताइएको छ । कलेजमा बिगत २० वर्षदेखि विभिन्न पदमा रहेर काम गरेका शिक्षक तथा कर्मचारी र ४ जिपिए ल्याउन सफल विद्यार्थीलाई सम्मान गरिएको छ ।

समारोहमा बीएचएम कोअर्डिनेटर जोकबहादुर थापा, सुरक्षा गार्ड दीलबहादुर गुरुङ, स्टोरकिपर बुद्धिबहादुर गुरुङ, यातायात इन्चार्ज कृष्णप्रसाल अधिकारी, सहयोगि भीमकला विक, म्याथ टिचर अर्जुन अधिकारी, दीलकुमारी घर्ति मगर, लाइब्रेरी इन्चार्ज भरत खबास, श्रीप्रसाद परियार र वर्षको उत्कृष्ट कर्मचारीको अवार्डबाट कर्णबहादुर खड्का, ४ जिपिए ल्याउन सफल विद्यार्थी वर्षा पाङ्गी मगरलाई सम्मान गरिएको विद्यालयले जनाएको छ ।

रजत जयन्ती मूल समारोहका प्रमुख अतिथि पोखरा विश्व विद्यालयका रजिष्ट्रार प्राध्यापक डा.दिपकबहादुर भण्डारीले यस कलेजको प्रगति अरुका लागि पनि प्रेरक हुने बताए । नेतृत्व सही र कुशल भयो भने संस्था बन्छ भन्ने गतिलो उदाहरण यस कलेजले प्रस्तुत गरेको उनले बताएका छन् ।

कलेजका अध्यक्ष पालिखेले कलेजको स्तरोन्नती कल्पना गरेकोभन्दा उच्च भएको र ११३ जना विभिन्न क्षेत्रका सहयात्री शैक्षिक मन भएकाको साथले सन् १९९८ मा छाप्रोबाट सुरु भएको कलेज अहिले २९ रोपनी जग्गामा समेटिएको, सुविधा सम्पन्न भवन, अत्याधुनिक फइवस्टार होटलको जस्तो ल्याव रहेको बताए । पालिखेले यो वर्षदेखि इएमबीए सुरु गरेको र कलेजमा एमबीएको पढाईको लागि पियुले सोच्नुपर्ने बेला भएको बताए ।

प्रिन्सिपल प्रकाश रेग्मीले विद्यार्थीहरु ४८ देशमा पुगेर त्यहाँ पनि फाईवस्टार होटलमा उच्च पदमा रहेर काम गरिरहेको र देशले रेमिट्यान्स पाइरहेको बताए । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर, पुर्व सचिव तथा कलेजका शेयर सदस्य दीपेन्द्र पुरुष ढकालले कलेजले उत्पादन गर्ने विद्यार्थीहरु अधिकांश पर्यटकीय राजधानी पोखरामा खपत हुनेमा विश्वस्त रहेको बताए ।

पियुका स्कल अफ विजनेशतर्फबा डिन डा.दयाराज ढकाल, पियु साईन्स एण्ड टेक्नोलोजितर्फका डिन राजेश ठकुराठी, पोखरा वडा नं १४ का वडाध्यक्ष बोधराज कार्की, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख लोकनाथ आचार्य र बीएचएम पहिलो ब्याचका पूर्व विद्यार्थी सचिन प्रधान लगायतले बोल्दै कार्यक्रम सफलताको शुभकामना दिएका छन् ।

रजत जयन्ती अन्तर्गत पहिलो दिन बिहिबार फागुन ८ गते ग्राजुयट ११० विद्यार्थीलाई बधाई ज्ञापन तथा शुभकामना दिदैं प्रमाणपत्र हस्तान्तरण र शुक्रबार पूर्व विद्यार्थीबीच पर्यटनसम्बन्धी छलफल तथा अनुभव आदानप्रदान गर्यो भने शनिबार मूल समारोह आयोजना रजत जयन्ती सम्पन्न गरेको छ ।

 

You might also like

Comments are closed.